नागरिक पोष्ट News


बोष्टर मिडियाको चौथो वार्षिकोत्सव - २०७४ कार्यक्रम भव्यतापूर्वक सम्पन्न

4.4K
वार्षिकोत्सव अवसरमा, स्मारिका बिमोचन तथा बोष्टर मिडिया अवार्ड प्रदान 

- भरतराज उप्रेती

हसाउदै खुशी र ज्ञान बाड्दै मनोक्रान्तिको योद्धा तथा लिडर डा. योगी विकासनन्दको प्रमुख आतिथ्यतामा बोष्टर मिडियाको चौथो वार्षिकोत्सव डाइनिङ पार्क रेस्टुरेन्ट पुरानो बानेश्वरमा भव्यतापूर्वक सम्पन्न भएको छ ।

Mukunda K Dhungana को फोटो। चौथो वार्षिकोत्सव अवसरमा बोस्टर मिडियाको स्मारिका बिमोचन समेत गरिएको छ ।साथै बोष्टर मिडिया अवार्ड  २०७४ पत्रकारीता सम्मान आइसिटी पत्रकार (आइसिटी पत्रकार विकास मञ्चका संस्थापक अध्यक्ष) भरतराज उप्रेतीलाई प्रदान गरियो ।

Ict Journalist Man को फोटो।त्यस्तै बोष्टर मिडिया राष्ट्रिय सम्मान २०७४ बाट  कृषि उद्यमी तथा अभियन्ता जयकला बस्नेत, स्वास्थ्यकर्मी डा. रुपा झा, वरिष्ठ समाजसेवी राजेश्वरी श्रेष्ठ, शैक्षिक क्षेत्रका प्रशिक्षक विनोद कार्की, ब्युटीसयन रस्मिला श्रेष्ठ, सामाजिक अभियन्ता आनी भिमसुवा गुरुङ, युवा व्यवसायी संजीव गिरीलाई सम्मानित गरिएको थियो । 

Mukunda K Dhungana को फोटो।

कार्यक्रममा ग्रीनसिटी हस्पिटलका अध्यक्ष लोक बहादुर टण्डन, बरिष्ठ अभिबक्ता बोर्ण बहादुर कार्की, बरिष्ठ पत्रकार टंक पन्त,  अनेसासको वरिष्ठ उपाध्यक्ष राधेश्याम लेकाली, प्याब्सनका केन्द्रिय उपमहासचीव कुमार घिमिरे, जया मल्टिपल कलेजका संस्थापक सदस्य मदन खरेल, बोस्टर मिडियाका सल्लाहकारहरु चित्र बहादुर रसाइली (एमनेष्टी इन्टरनेशनल नेपाल मिडिया ग्रुपका महासचीव), अम्बिका डंगोल (जेनसका नेपाल सञ्चालक), कलाकार सष्मा कार्की, हाइड्रो व्यवसायी, कृष्ण आचार्य, नबीन श्रेष्ठ (व्यवसायी) स्टाण्डर्स चार्टस बैकका सञ्चालक सदस्य निर्मला के.सी., रसाइली बन्धु समाजका अध्यक्ष भविराज रसाइली, कृषि अभियन्ता शिव अधिकारी लगायतका व्यक्तित्वहरुको उपस्थिती रहेको थियो । शिक्षाविद् भवानी खरेलले शैक्षिक ज्ञानगुनका कुराहरु शेयर गर्दै शिष्टाचार शैलीमा कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

Mukunda K Dhungana को फोटो।

Mukunda K Dhungana को फोटो।

अबको विकासको मोडल थ्री वीनको थ्येवरी - डा. विकासनन्द

Mukunda K Dhungana को फोटो।

समाज रुपान्तरण र विकासका लागि सबैलाई खुशी तथा सुखी बनाउन आवश्यक छ । विन विनको मोडल अब समाप्त भइसक्यो । तपाई के का लागि काम गर्नुहुन्छ, खुशीका लागि होइन, खुशीका लागि तपाईले काम गर्दैगर्दा तपाई दुइपक्ष बीच मात्र होइन त्यो खुशी अब समाजका लागि पनि लागू हुनुपर्दछ । त्यसो भयो भने मात्र व्यक्ति परिवार र समाज सुखी हुन्छ । यी तिनै पक्ष सुखी भएपछि समाज रुपान्तरण र विकास सफ हुन्छ । आज संसारका जति पनि विकसित देशहरु छन् । त्यहाँ यो कुरा लागू भइसकेको छ । त्यसैले थ्री विनको सिद्धान्तलाई हामीले अभियानको रुपमा अगाडी बढाउनु आवश्यक छ । यसो भयो भने मात्र सोचेका कुरा र गरेका कामले सार्थकता पाउँछन् त्यो पनि सबैका खुशी र सुखीका साथ, हा. हा. हा, डा. योगी विकासनन्दले ठूलो स्वरमा चिच्याउदै भने । 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि डा. विकासनन्द लगायतका लगायतका विशिष्ट व्यक्तिहरुले अनलाइन सञ्चार माध्यम राष्ट्रियखबर डट कम मार्फत सामाजिक, राजनीतिक, शैक्षिक, स्वास्थ्य लगायतका विविध क्षेत्रका जानकारीहरुलाई सूचनामुलक तवरबाट प्रकाशन प्रसारण गरेकोमा बोष्टर मिडियाको खुलेर प्रशंसा गरे ।

विषयबस्तुलाई सूचनामुलक बनाउनु सञ्चारमाध्यम र पत्रकारको दायित्व हो - बोर्ण बहादुर कार्की (बरिष्ठ अधिबक्ता)

Mukunda K Dhungana को फोटो।

सञ्चार क्षेत्रको बृहत्तर विकासका लागि समाजमा घट्ने दैनिक घटनाहरुलाई सूचनामुलक बनाउनु सञ्चारमाध्यम र पत्रकारको दायित्व हो तर हाल सञ्चालनमा आएका अनलाइन सञ्चार माध्यम र अनलाइन पत्रकारहरुले यसको मर्मलाई कुल्चिदै गएको तर्फ इगिंत गर्दै बरिष्ठ अधिबक्ता तथा प्रेस काउन्सिल नेपालका निवर्तमान अध्यक्ष बोर्ण बहादुर कार्कीले बोष्टर मिडिया मार्फत सञ्चालित राष्ट्रिय खबरले सस्तो लोकप्रियताभन्दा जनपक्षीय खोजमुलक र सामाजिक सूचनामुलक तथा ज्ञानमुलक विषयबस्तुहरुलाई पाठकमाझ लैजान सकोस् भन्ने शुभेच्छा व्यक्त गर्नुभयो ।

अनलाइन मिडिया सामाजिक रुपान्तरण र देश विकासका संवाहक बन्नुपर्ने -लोक बहादुर टण्डन (कार्यक्रम संयोजक)

Image result for lok bahadur tandon

कार्यक्रममा कार्यक्रमका संयोजक तथा ग्रीन सिटी हस्पिटलका अध्यक्ष एवं समाजसेवी लोक बहादुर टण्डनले अनलाइन मिडिया सामाजिक रुपान्तरण र देश विकासका संवाहक बन्नुपर्नेमा जोड दिनुभयो । समाचारका लागि सूचना, विकासका लागि जनचेतना अहिलेको आवश्यकता भएकोले बोस्टर मिडियाको पाइला सामाजिक विकासका लागि सूचनामुलक र खोजमुलक विषयबस्तुलाई आम जनतामाझ पुर्याउन सकोस् भन्ने शुभेच्छा समेत अध्यक्ष टण्डनले व्यक्त गरे ।

Chitra Bahadur Rasaili को फोटो।

Mukunda K Dhungana को फोटो।

मिडियालाई तथ्यपरक, सूचनामुलक, ज्ञानमुलक बनाउनका लागि पत्रकारीता क्षेत्रको ज्ञान अनुभवको साथै निरन्तरताको खाँचो आवश्यक छ, त्यस बारेमाा बोष्टर मिडिया र यसका सञ्चालक मुकुन्द ढुंगानाले सफलताको पाइला अगाडी बढाइरहेकोमा थप सफलताको शुभकामना समेत कार्यक्रमका बक्ताहरुले गरेका थिए । आम सञ्चार माध्यम मार्फत सूचना सम्प्रेषण गर्ने तथा समाजका विभिन्न क्षेत्रमा रहेको व्यक्तिहरुसँग अन्र्तक्रिया एवं पत्रकार सम्मेलन मार्फत शैक्षिक,राजनीतिक, शिक्षा,स्वास्थ्य लगायत विभिन्न विषयहरुमा आम जनतालाई सुसूचित गराउदै आएको बोष्टर मिडियाले ४ बर्ष पुरा गरेको छ । चौथो वर्षको अवसरमा बोष्टर मिडियाको स्मारिका विमोचन तथा बोष्टर मिडिया अवार्ड २०७४ सम्मान कार्यक्रम भव्यतापूर्वक सम्पन्न गरेको छ । 

Mukunda K Dhungana को फोटो।

Mukunda K Dhungana को फोटो।

Must View