नागरिक पोष्ट News


डा. विकासनन्दको हाँसो र खुशी बाड्दै बोस्टर मिडियाको देउसी भैलो २०७४ कार्यक्रम सम्पन्न

4.3K
बलिराजाको आदेश : देउसी भैलोको महिमा र महत्व  

- भरतराज उप्रेती 

बोष्टर मिडियाको आयोजनामा पत्रकारहरु र समाजसेवी अग्रजहरुको साथ देउसी भैलो २०७४ कार्यक्रम सम्पन्न भएको छ ।  देउसी भैलो खेल्न बोष्टर मिडियाको टीम स्वास्थ्य मन्त्री दीपक बोहरा, डा. योगी विकासनन्द, पूर्व परराष्ट्रमन्त्री रमेशनाथ पाण्डे, पूर्व पर्यटन मन्त्री रामकुमार श्रेष्ठ, पूर्व खानेपानी मन्त्री दीपक खड्का र सुभास निरौलाको घरमा पुगेको थियो ।

Image may contain: 8 people, people smiling, people standing, wedding and indoor

देउसी भैलोबाट नेताहरुले भोट मागे, डा. योगी विकासनन्दले हँसाए नचाए

मनोक्रान्तिका योद्धा डा. योगी विकासनन्दले खुशी दिने लिने पर्व तिहार भएकाले विकासका लागि थ्री विन विनको मोडललाई अब लागू गर्नुपर्नेमा राजनेताहरुको ध्यानाकर्षण बोष्टर मिडियाको देउसी भैलोलाई शुभकामना दिदै गराए । तिहारको महत्व खुशी दिने र लिने हो । देउसी भैलो यस्तो सांस्कृतिक महत्वको परम्परा हो जहाँ माग्ने र दिने दुबै खुशी मात्र हुदैनन् भरपुर रमाइलोको साथ आन्द लिन्छ विकासनन्दले भने ।

मिडियामार्फत तिहारको शुभकामना दिदै संबिधानको कार्यान्वयनका हुन गइरहेको संघ र प्रदेश सभाको चुनावमा ढुक्क भएर योग्य उमेद्वारलाई जिताउन मन्त्री दीपक बोहराले अपिल समेत गरे ।

 

शुभकामना सहित तिहार नेपाल सम्वत छठ पर्वको  विवेकको प्रयोग गरौ योग्य उमेद्वारी छनोट गरौं रमेशनाथ पाण्डे, पूर्व परराष्ट्रमन्त्री

पूर्व पर्यटनमन्त्री रामकृष्ण श्रेष्ठले तिहारमा नेवार समुदायले गर्दै आएको महः पूजा अर्थात आत्म पूजालाई सबै समुदायले पूजा गर्नुपर्ने जोड दिनुभयो । नेपालीहरुको सांकृतिक परम्पराहरु सबै नेपाली समुदायका लागि उत्तिकै महत्वपूर्ण भएकोले महः पूजालाई पनि नेवार समुदायबाट अरु समुदायसम्म पुरयाउन सांस्कतिक अभियान शुरु गर्नुपर्ने श्रेष्ठको तर्क छ । 

Image may contain: 12 people, people smiling, people standingनेपालीहरुको दोस्रो ठूलो चाड तिहारको रौनक देउसी भैलो भएकोले शुभकामना साटासाट गर्दै संस्कृति परम्परालाई भावी पुस्तासम्म पुर्याउनका लागि देउसी भैलो खेलिएको बोष्टर मिडियाका अध्यक्ष मुकुन्द ढुंगानाले बताए ।

Image may contain: 5 people, people standing and outdoor

 नेपाली संस्कृति र परम्पराको प्रतीक तिहारको देउसी भैलोलाई मानिन्छ । संस्कृति र परम्परा अनि नेपाली मौलिकता झल्काउने चाड तिहारमा देउसी भैलो खेल्नैपर्दछ । बलि राजाको हुकुमले चलिआएको देउसी भैलौलाई नेपाली मौलिकतासँगै खेल्नुपर्दछ तर सहरीकरण र आधुनिकीकरणसँगै देउसी भैलोको मौलिकता ओझेलमा पर्दै गइरहेको छ ।  यसतर्फ अबको युवा पुस्ताले मनन गर्दै तिहार चाड र देउसी भैलोको मौलिकताको महत्वलाई बुझ्नैपर्दछ । 

Must View