नागरिक पोष्ट News


ग्रामीण विकासको एफपिओ तपाईलाई पर्यो कि परेन Live नतिजा यसरी हेर्नुहोस्

4.5K

नेपाल ग्रामीण विकास बैंक (NGBBL) को एफपिओ  बाँडफाँड भएको  छ । एफपिओमा दुई लाख ५० हजार ५२४ जनाले आवेदन गरेकोमा ९७ हजार ५ सय जनालाई गोलाप्रथाबाट १० कित्ता सेयर प्राप्त गरेका छन् ।

नतिजा हेर्न मेरोलगानी डटकमको होमपेज www.merolagani.com   खोलेर IPO Results  मा जानुहोस् । तपाईले कम्पनी नाम रहेको स्थानमा नेपाल ग्रामिण विकास बैंक (NGBBL)  छनौट गर्नुहोस् । अर्को स्थानमा तपाईको १६ अंकको हितग्राही (डिम्याट) खाता नम्बर राखेर सर्च गरेर नतिजा हेर्न सक्नुहुन्छ । अथवा यस लिङ्कलाई क्लिक गर्नुहोस् ।

एफपिओमा आवेदन गरेकामध्ये ३ हजार ७९१ जनाको भने आवेदन रद्द भएको विक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ । स्वीकृत आवेदन २ लाख ५० हजार ५२४ जनामध्ये एक लाख ५३ हजार २४ जनाले भने सेयर प्राप्त गर्न सकेनन् ।

Must View