वाइसीयल प्रदेश नं ३ को इन्चार्जमा राजन गौतम नकुल र दिनेश थपलिया भक्तपुर जिल्ला इन्चार्ज
नुवाकोटका दुई युवाले वाइसीयलको महत्वपुर्ण जिम्मेवारी पाएका छन् । नेकपा माओवादीको जनक्रान्ति सफल बनाउनको लागि महत्पुर्ण भुमिका र्निवाह गरेका वाइसियल नुवाकोटका इन्चार्ज राजन गौतम नकुललाई वाइसियल प्रदेश नं ३ को इन्चार्ज तथा नुवाकोट लिखु गाँउपालीकाका दिनेश थपलिया आक्रोसलाई वाइसियल भक्तपुर जिल्लाको इन्चार्जको जिम्मेवारी दिइएको छ। नुवाकोट भद्रुटारका गौतम वाइसियल नुवाकोटका इन्चार्ज समेत हुन् । माओवादी जनयुद्धमा जनसेनामा रहेर काम गरेका गौतम वाइसियल रसुवाको पुर्व इन्चार्ज पनि हुन् । त्यस्तै वाइयिसयल प्रदेश नं ३ को बैठकले भक्तपुर जिल्लाका इन्चार्जमा दिनेश थपलिया आक्रोसलाई इन्चार्जको जिम्मेवारी दिएको छ । २०५६ सालमा माओवादी जनयुद्धमा लागेका थपलिया २०५८ चैत २४ गते नुवाकोटका कुमरीबाट पक्राउ परी २०६० साल चैत ३० गते मुक्त भएका थिए । जेलबाट मुक्त भए पछि थपलियाले सिन्धुपाल्चोक, गोरखा लगायतका जिल्लामा रहेर राजनैतिक यात्राको सुरुवात गरेका थिए । २०६२÷०६३ को जनआन्दोलन पछि भने भक्तपुर जिल्लामानै रहेर काम गदै आइरहेका आक्रोसलाई वाइसियलको भक्तपुर जिल्ला इन्चार्जको जिम्मेवारी दिइएको हो ।