नागरिक पोष्ट News


मेरो छातिमा सिधा गोली ठोक्नु, दाँया बाँया होइन : जनतासँगको सिधा कुरामा -रवि लामिछाने

3.3K

दिन दहाडै राजधानीमा प्रतिष्ठित ब्यक्तिको गोली हानेर हत्या गरेको छ । यो घटनाले चिच्याई चिच्याई कानको जाली फुट्ने गरेर कराउदै छ हामी यस कारण जीवित छौ कि यति बेलासम्म हामीलाई कसैले मार्न चाहेको छैन । देशको सुरक्षा ब्यबस्था कडा भएर हामी बाँचेका हुदै होईनौ । यो पनि मानि हालौ यहाँ कसले चाह्यो भन्ने जसको पनि हत्या हुनसक्छ ।

पुलिस प्रशासनलाई दिएको यो ठाडो चुनौतीको जवाफ आउला पनि अपराधी पनि समातिएका । अपराधी समातिनु समस्या होइन होला तर गुण्डा नाइकेहरुलाई स्ट्याण्डर्ड बढाएर डन भनिदिएको छ , यति ठुलो सम्मान पाए पछि गुण्डाहरुलाई गर्वको महसुस हुदोहो ।

राजनैतिक दलका नेताहरुले आफ्नु कालो धन्दा लुकाउन पालेका पाल्तुहरु फुत्किएर निस्किए पछि सरी मान्छेहरु मार्दै हिड्छन् । यिनीहरुलाई आफ्नु सन्तान जस्तै खुवाई पियाई पाल्ने नेताहरुले तपाई हाम्रो समाज असुरक्षित बनाइ दिएका हुन् । जेलमा हुनु पर्ने गुण्डाहरुलाई बडेमानका नेताहरु र केहि ठुला ब्यापारीहरुले सुरक्षा दिएर राखेका छन् जसको कारण नेपाल प्रहरीलाई ति गुण्डाहरुको सात पुस्ते अपराधको बिवरणको जानकारी हुदाहुदै पनि छुने हिम्मत गर्दैनन बरु केहि नदेखेको जस्तो ब्यबहार गर्न बाध्य छ ।

गुण्डाहरुको पावर नपुगेर मात्रै केहि गुन्डाहरु समातिएका हुन् । प्रहरीहरुलाई कुन गुण्डा नाइकेलाइ पक्राउ गर्दा कुन दलको कुन नेताको फोन आउछ भने पनि राम्रोसंग थाहा छ । आखिर सबैलाई देश भन्दा पैसा पहुच जागिर नै प्यारो रहे छ ।

नेताहरुले आफ्नु पाल्तु गुन्डाहरुलाई बेलैमा नसमाहलेमा ब्यापारीहरुलाई लाग्ने त्यो गोली नेताहरुप्रति नै लाग्नसक्छ तसर्थ गुन्डाहरुको लागि जेलको ढोका खुला गरौ या सुधारगृह खोलौ ।

”मैले यति भन्दा मेरो हत्या हुन्छ भन्ने मेरो छातीमा सिधै गोली ठोक्नु तर दाँया बाँया होइन” भन्दै रबि लामिछानेले आफ्नु छाती मै हात राखेर देखाए आजको सिधाकुरामा ।

Must View