नागरिक पोष्ट News


पत्याउनुहुन्छ ? यस्तो हुन्छ ‘लाइभ सेक्स क्यामेरा’को भित्री कथा

5.9K

संसारभर चलिरहेको यौनव्यापारमा सबैभन्दा छिटो बढिरहेको क्षेत्र हो ‘लाइभ वेबम्याम’ । वेब क्यामेरामार्फत गरिने यो यौन व्यापार पछिल्लो समय निकै तीब्र गतिमा बढिरहेको छ । रोमानियामा हजारौं युवतहिरु स्टुडियो र घरमा क्याम गर्लको काम गर्छन् । चौबीस घण्टा चल्ने यो व्यवसायका धेरैजसो ग्राहक उत्तर अमेरिका र पश्चिम युरोपका छन् । बुकारेष्टको एउटा अग्लो बिल्डिङबाहिर नौजवान महिलाहरु धुवाँ उडाइरहेका छन्, कुरा गरिरहेका छन्, हाँसिरहेका छन् । बिहान भर्खर घाम लागेको छ तर उनीहरुले निकै गाढा मेकअप गरेका छन्, अग्लो हिल र भड्किला चमकदार कपडा लगाएका छन् । ‘स्टुडियो २०’ले यो भवनको पहिलो र दोस्रो तल्ला लिएको छ ।

यी दुई तल्लामा ४० कोठा छन् । बन्द ढोकाको अर्थ हुन्छ त्यहाँ एक युवती वेबक्याममा अन्तर्राष्ट्रिय ग्राहकसँग वेबक्याममा लाइभ छिन् । जबसम्म उनी एक्लै त्यो कोठामा छिन् यो पूर्णतया कानुनी मान्यता प्राप्त हुन्छ । महसुस गर्ने सम्बन्ध र साइबर सेक्सको यो बेलामा ती युवतीहरु मोडल हुन् र उनीहरुलाई हेरिरहेका ग्राहक सदस्य हुन् ।लाना कोठा नम्बर ८ मा काम गर्छिन् । कोठामा एउटा गोलो बेड र कुशन छ । एकतर्फ उनका कपडा राखिएका छन् । उनी भन्छिन् ‘म सामान्यतया अन्तरवस्त्र र लेदर लगाउन मन पराउँछु । यो कोठामा एउटा ठूलो कम्प्युटर स्क्रिन, एउटा महंगो क्यामेरा र फोटोलाइट जडान गरिएका छन् । जसको माध्यमबाट एडल्ट साइटका केही ग्राहक उनलाई लाइभ देख्न सक्छन् ।

तर उनले तबसम्म पैसा पाउँदिनन् जबसम्म कुनै ग्राहकले उनलाई एक्लै कुरा गर्नको लागि रोज्दैन । हरेक दिन आठ घण्टा काम गर्ने उनी हरेक महिना चार हजार युरो कमाउँछिन् । जो रोमानियाको औसत आयभन्दा १० गुण बढी हो । लानाको स्टुडियोलाई पनि लगभग यत्ति नै मासिक आम्दानी हुन्छ । तर स्टुडियोभित्रको कन्टेन्टलाई क्याम साइट लाइभ जस्मिनमा पनि चलाइन्छ । यसले आम्दानी दोब्बर अर्थात आठ हजार युरो हुन्छ ।

यही वेबसाइटले ग्राहकसँग क्रेटिक कार्डको माध्यमबाट भुक्तानी लिन्छ । कोडलहरुलाई हरेक दिन ग्राहकहरुलाई म्यासेज गर्न लगाइन्छ । लाइभजस्मिक संसारको सबैभन्दा ठूलो क्याम होस्ट वेबसाइट हो ।यहाँ हरेक दिन साढे तीनदेखि चार करोड मानिस यो वेबसाइटमा आउँछन् र हरेक समय २ हजार मोडल अनलाइन हुन्छन् । वेब क्याम इण्डष्ट्रीले २०१६ मा अन्दाजी २ देखि ३ बिलियन डलर कमाइ गरेको छ ।लानाले ग्र्याजुएसनसम्म पढेकी छिन् । २००८ को आर्थिक मन्दीभन्दा पहिले उनी रियलस्टेटमा काम गर्थिन् । २००८ मा उनले पहिलो पटक भिडियो च्याट गरेकी हुन् ।त्यतिबेलाको समय सम्झिँदै उनी भन्छिन् ‘म कोठामा एक्लै थिएँ र मेरो आसपास सयौं मान्छे थिए । मैले बुझ्नै सकिन कि यिनीहरु के चाहन्छन् । पछि मैले उनीहरुको पहिचान गर्न सिकें । कुन सदस्यले पैसा दिन्छ भनी छुट्याउन जानें ।’

लानाका अनुसार लाइभ च्याटमा धेरैजसो कुरा नै हुन्छ । त्यसबाहेक मोडलहरुले विभिन्न रोल गर्नुपर्ने हुन्छ जुन नग्नतासँग सम्बन्धित हुन्छ । कहिलेकाहीँ मानिसहरुले यस्तो काम गर्नको लागि दबाब दिन्छन् जुन काम उनी गर्न चाहन्नन् । लानाका अनुसार त्यो कुरा मान्ने वा नमान्ने आफ्नो हातमा हुन्छ । सबैभन्दा ठूलो कुरा पैसा दिने ग्राहकलाई लामो समय अल्झाउनु हो । स्टुडियो २० की पिआर म्यानेजर आन्द्रा चिर्नोगियानुका अनुसार मोडलसँग क्युट र सेक्सी हुनको लागि १० मिनेटको समय हुन्छ त्यसपछि कुरा गर्नको लागि केही हुनुपर्छ । अन्यथा सदस्य त्यहाँ रोकिँदैन । त्यसैले यहाँ मोडलहरुलाई यौनसम्बन्धी प्रशिक्षण दिनको लागि प्रशिक्षकहरु पनि राखिएका छन्

 

Must View