नागरिक पोष्ट News


अटिजम वालबालिकाहरुको लागि एसएसडिआरसीलाई आरल्याण्डबाट सहयोग

9.4K
अटिजम बालबालिकाहरुको सेवामा सात बर्षदेखी अनवरत रुपमा कृयाशिल  सामाजिक संस्था  बिशेष स्कुल तथा पुनर्स्थापना केन्द्र (एस एस डि आर सी) लाई आरल्याण्डबासी  नेपालीहरुबाट सहयोग प्राप्त भएको छ। उक्त्त सहयोग द एभरेष्ट नेपाल ( आरल्याण्डबाट  देव राज कोइराला र अशोक भण्डारीको सन्योजनमा   नेपालीहरु बिच  जम्मा गरेको एक लाख सैतिस हजार रुपैया र नवराज कोइरालाको संयोजनमा एन आर एन आयरल्याण्ड र काठमाण्डौ किचेनले च्यारीटी डिनर गरेर छायालिस हजार रुपैया सहयोग गरेको हो । उक्त्त सहयोग रकम  गायिका जुना पर्साइ ,पुष्प राज कोइराला,गोविन्द नाथ खनाल लगायतले संयुक्त रुपमा संस्थाको अध्यक्ष तथा सामाजिक अभियन्ता सबिता उप्रेतीलाई हस्तान्तरण गर्नु भएको छ  । उप्रेतीले बिदेशको ठाउमा दिनरात नभनी पशिना बगाएर  कमाएको कमाइबाट  गास काटेर अटिजम बालबालिकाहरुको लागि सहयोग गरेकोमा  द एभरेष्ट नेपाल ( आरल्याण्ड, एन आर एन आरल्याण्ड र काठमाण्डौ किचेन  तथा आरल्याण्ड बासी नेपालीहरु प्रती आभारको साथ धन्यवाद ब्यक्त गर्नुभयो । संस्थाले  हाल ४५ जना अटिजम बालबालिकाहरुलाई  शैक्षिक, सामाजिक, स्वास्थ्य लगायतका सेवा  प्रदान गरिरहेको छ।  ।

Must View