नागरिक पोष्ट News


राष्ट्रिय नागरिक विकास समाजद्धारा बालबालिकाहरुलाई शैक्षिक सामाग्री बितरण तथा समाजिक सम्मान

3.9K
  वालदिवसको पूर्वसन्ध्यामा अपाङगता एवं पिछडा बालबालिकाहरुलाई शैक्षिक सामाग्री बितरण तथा  समाजमा विशेष योगदान पुरयाएका व्यक्तित्वहरुलाई समाजिक सम्मान   साधना बस्नेत

हिमाल पहाड तराई, कोही छैनन् पराई भन्ने नाराका साथ राष्ट्रिय नागरिक विकास समाजले वालदिवसको पूर्वसन्ध्यामा बालबालिकाहरुलाई शैक्षिक सामाग्री बितरण तथा सामाजिक सम्मान कार्यक्रम गरेको छ ।  महिला बालबालिका तथा समाजकल्याण मन्त्री आशा कोइराला, पशुपन्छी विकास राज्यमन्त्री गोमा कुवर, भूमीसुधार तथा व्यवस्था राज्यमन्त्री यशोदा लामाको विशेष उपस्थितीमा समाजले समाजसेवीहरुलाई सम्मान तथा अपाङगता भएका एवं पिछडा वर्गका बालबालिहरुलाई शैक्षिक सामाग्री तथा लत्ता कपडा समेत वितरण गरेको हो । DrDhan Kunwar को फोटो।

भूमीसुधार राज्यमन्त्री यशोदा लामाले नागरिक विकास समाजले गरेको काम अनुकरणीय रहेको उल्लेख गर्दै समाजको यस्तो कार्यलाई सबैले पहिल्याउने हो भने विभिन्न पिछडा बर्ग तथा अनाथ बालबालिका पनि राज्यको मुलधारमा आउन सहयोग पुग्ने बताइन् । कार्यक्रममा बोल्दै काठमाडौंको गोकर्ण स्थित संयुक्त अपांग एकता आवास केन्द्रका अध्यक्ष  तिलबहादुर कार्कीले आश्रय दिएका ४२ जना बालबालिकाहरुको लागि आवस गर्न आफुले सक्ने सहयोग गर्न तयार रहेको बताइन । DrDhan Kunwar को फोटो। त्यसैगरी पशुपन्छी राज्यमन्त्री गोमा कुवरले संस्थाले गरेको कामको प्रशंसा गर्दै यस्ता समाजिक संस्था राजधानीमा मात्र सिमित नरही विकट गाउँगाउँमा पुगेर समाजिक कार्य गर्नुुपर्नेमा सबैको एकता र सहकार्य आवश्यक रहेको बताइन् ।    समाजले बालबालिकाहरुलाई शैक्षिक सामाग्री र आवश्यक लत्ता कपडा सहितको सानो सहयोगका लागि कार्यक्रम सञ्चालन गरेर सामाजिक उत्तरदायित्व पूरा गर्दै सामाजिक क्षेत्रका सहयोगीहरुलाई हौसलाका लागि सम्मान गरिएको समाजका अध्यक्ष महेशजंग कुवंरले बताए । समाजले यसैवर्ष तारकेश्वर नगरपालिकामा सामुदायिक एम्बुलेन्स सञ्चालनमा समेत ल्याएको छ । कार्यक्रमा संयुक्त अपांग एकता आवास केन्द्रका अध्यक्ष तिलबहादुर कार्कालाई बालअधिकारको क्षेत्रमा विशेष योगदान पुराएवापत रु २१ ह्जार सहित बाल अधिकार सम्मान २०७४ बाट सम्मान गरिएको थियो । DrDhan Kunwar को फोटो।

Must View