नागरिक पोष्ट News


खतरनाक यौनक्रिडा पोजिसन: 'यौनसम्पर्क गर्दा ज्यानै जान सक्छ'

3.6K

यौनक्रिडा गर्न युवायुवतीहरुले विभिन्न आशनहरु अपनाउछन् । तर,भर्खरै भएको एक अध्ययनले खतरनाक पोजिसनमा यौनसम्पर्क गर्दा ज्यानै लिन सक्ने खुलासा गरेको छ ।

युरोपका डाक्टरको टोलीले गरेको अध्ययनमा यौनको दुईवटा पोजिसनलाई अत्यन्त खतरनाक मानिएको छ । अनुसन्धानले डागी स्टाइल अर्थात् पुरुष साथी पछाडि रहनु र महिला साथीलाई आफ्नो माथि फिमेल अन टप लिएर यौन सम्पर्क गर्नु अत्यन्त खतरनाक यौन पोजिसन भएको पत्ता लगाएका छन् ।जसबाट जोडीको ज्यानै पनि जान सक्ने दाबी गरिएको छ ।

यी दुवै आसनमा पुरुषको लिंग भाँच्चिने सम्भावना सबैभन्दा बढी हुने अध्ययनले जनाएको छ । विश्वभरिमा पुरुषको यौन अंगमा हुने आधाभन्दा बढी फ्याक्चर यौन सम्पर्कको समय महिला माथि रहने वुमेन अन टप पोजिसनले हुने गरेको बताइएको छ ।

पुरुषलाई घाइते बनाउने दोस्रो यौन आसन ‘डगी स्टाइल’ भएको अध्ययनको दावी छ । जसअनुसार करिब २९ प्रतिशत पुरुषको यौन अंगको फ्र्याक्चर यही आसनले गर्दा हुन्छ । अनुसन्धानकर्ताहरुले १३ वर्षसम्म गरेको अध्ययनमा डाक्टरहरूको सहभागीता थियो ।

डाक्टरको टोलीले ब्राजिलको तीनवटा अस्पतालमा लिंग भाँच्चिने फ्र्याक्चर समस्या लिएर पुगेका ४४ पुरुषबाट उनीहरूको यौन आसनको बारेमा जानकारी लिए । यी मध्ये ४२ जनाको यौन अंगमा फ्र्याक्चर पाइयो । यसमध्ये २८ जनाले आफूलाई यौन सम्पर्कको समय फ्र्याक्चर भएको स्वीकार गरेका थिए ।

यसरी यौनसम्पर्क नगर्न चिकित्सकले सुझाव दिएका छन् । लिंग भाँच्चिएर पुरुषको ज्यान पनि जान सक्ने र अंगभंगद हुने सम्भावना पनि बढी हुने चिकित्सकहरुले बताएका छन् । एजेन्सीको सहयोगमा

 

 

Must View