नागरिक पोष्ट News


दोलखा भीमेश्वरको शीलामा अविरल पसिना - क्षमा पूजा गरिदै हेर्नेहरुको भिड

4.8K
अनिष्ट हुने भय

दोलखामा रहेको प्रसिद्ध मन्दिर भीमेश्वरको शीलामा पसिना आए आएको छ । भीमेश्वरको शीलामा पसिना आउनुलाई अनिष्टको रुपमा हेरिन भएकाले भीमेश्वर मन्दिरमा स्थानीयहरुको भीड लागेको छ । बडा दशैंको छैठौं दिन मंगलबार अपरान्ह २ बजेर ५५ मिनेटमा भीमेश्वरको शीलाको देब्रेपट्टी हुँदै अहिले पूरै शीलामा पसिना आइरहेको दोलखाका प्रमुख जिल्ला अधिकारी विक्रम थापाले मिडिया एनपीलाई जानकारी दिए । भीमेश्वर नगरपालिका २ मा रहेको उक्त भीमेश्वरको शीलामा मन्दिरमा पसिना आएको मन्दिरमा पुगेका प्रमुख जिल्ला अधिकारी थापाका अनुसार २ बजेर ५५ मिनेटमा पसिना आएपछि क्षमा पूजा गरिएको छ । केहीबेर नियमित पूजा अर्चना रोकेर क्षमा पूजा गरिएको भएपनि निरन्तर पसिना आइरहेको उनले बताए ।

भीमेश्वरको शीलामा आएको पसिना पुछेको आजैरातिसम्मका राष्ट्रपति कार्यालय पठाउने र त्यहाँबाट भेटी आएपछि फेरि क्षमा पूजा गरिने उनले बताए । भीमेश्वरको शीलामा पसिना आएपछि स्थानीयवासी भेला भएर घण्टा र नगरा बजाउँदै कुनै अनिष्ट नहोस् भनेर कामना गरिरहेका छन् । भीमेश्वर मन्दिरमा पसिना आए देशमा ठूलो संकट निम्तिने किम्वदन्ती छ। मुलुका भएका ठूला विपत्ति र दुर्घटना हुनु अघि भीमेश्वरको शीलामा पसिना आएको बताइन्छ ।

Must View