नागरिक पोष्ट News


Bye bye ! काठमाण्डू ! ! दैनिक एक लाख मानिसहरु दशै मनाउन गाउँघरतर्फ

2.9K

जताततै दशैंको रौनकताले छोपेको छ । किनमेल गर्ने र घर फर्किनेहरुको चहलपहल पनि ह्वात्तै बढेको छ ।  काठमाडौं उपत्यकाबाट दैनिक एक लाख मानिसहरु आफ्नो घर फर्किरहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । नागढुंगा, जगाती, फर्पिङ र नागार्जुन नाकाबाट यात्रुहरु काठमाडौं उपत्यकालाई बाइबाइ गर्दै गाउँघरतर्फ लागेका छन् ।  यातायात व्यवस्था विभागले यो वर्ष दशैं मान्न २० देखि २१ लाख यात्रु काठमाडौं उपत्यकाबाट बाहिरिने अनुमान गरेको छ । विभागका प्रवक्ता डा. टोकराज पाण्डेले १५ देखि १६ लाख यात्रु सार्वजनिक गाडी चढेर र पाँच/छ लाख यात्रु निजी सवारी साधन चढेर दशैं मान्न काठमाडौंबाट आफ्नो घर जाने अनुमान रहेको बताए ।

Must View