नागरिक पोष्ट News


मान्छे बचाउने मेसिन पो हुन् कि ती, अनि हाम्रा अस्पतालहरु चाहिँ मान्छे मार्ने मेसिन ! डा.मिलन मल्ल

4.5K
‘मान्छे मार्ने मेसिन !’

 म एउटा डाक्टर हुनुभन्दा पनि एक जादुगर हुन पाएको भए हुने। औषधि विज्ञानभन्दा पनि हामीलाई छुःमन्तर विज्ञान पढाइएको भए हुने। अनि एक चुट्कीमा ती महिलालाई ब्युँताउन पो सकिन्थ्यो कि! अथवा रंगीचंगी वस्त्र धारण गरेर उफ्रिँदै हिँड्ने बाबाहरु/माताहरु/गुरुहरु त्यस्तै केही हुन पाए नि हुने। आखिर कुनै दु:ख वा अध्ययनबिना नै सबैलाई खुट्टा ढोगाउन पाइने।

धेरै मान्छे निको हुन्छन्, खुसी लाग्छ। आफ्नो काममा गर्व लाग्छ, आफू हुनुमा गर्व लाग्छ। अनि कुनै बेला, मान्छे मर्दै नमर्ने ठाउँमा जान पाए अथवा जस्तोसुकै मरिसकेकालाई नि फिर्ता ल्याउन सकिने मन्तर भइदिएको भए जस्तो लाग्छ। त्यो बेला त्यस्तै लाग्यो होला- ती बाबाहरुको आश्रम नै ठीक, जहाँ मान्छे त मर्दैनन्, सायद मान्छे बचाउने मेसिन पो हुन् कि ती, अनि हाम्रा अस्पतालहरु चाहिँ मान्छे मार्ने मेसिन। अन्ततः मनन गरौँ

१) नेपालका विकट ठाउँमा अझै पनि मातृ-मृत्युदर उच्च छ। यो ठाँउ (बुर्तिबाङ, बाग्लुङ) वरपर मात्रै गएको एक-डेढ महिनामा ५ जना आमाको मृत्यु भइसकेको छ। यसमा सम्बन्धित निकायबाट आवश्यक पहल तथा अध्ययन गरियोस्। साथै हरेक महिलालाई गर्भावस्थामा नियमित जाँच तथा औषधि सेवन र स्वास्थ्य संस्थामा नै सुत्केरी गराउन अझै बढी प्रोत्साहन गर्ने पो हो कि?

२) बेहोस हुन लागेकालाई मुखबाट केही पनि नखुवाउने अनि बिरामी ल्याउने क्रममा वान्ता गरेमा एक साइड (देब्रे) कोल्याियएर राख्ने।

३) सिपिआर (छाति थिच्ने विधि) मान्छे मार्न होइन, यो त मुटुको धड्कन फिर्ता ल्याई मान्छे बचाउन प्रयोग गरिने अन्तिम उपाय मध्येको एक हो।

४) स्वास्थ्यकर्मीले उपचारसँगै राम्रो परामर्श (काउन्सेलिङ) मा पनि अझै जोड गर्नुपर्ने हो कि!

५) पैसाको कुरा नमिलुन्जेल लापरबाही हुने, मिलेपछि नहुने अथवा केस सुल्जिने। यो अलि मिलेन कि?

६) अस्पतालका मालिकहरुले अस्पताल तोडफोड वा बन्द गराउनुभन्दा स्वास्थ्यकर्मीको बली चढाएर केही रकममा कुरा मिलाई अस्पताल सुचारू गर्नमा नै फाइदा देख्छन्। न घटनाको जाँच हुन्छ, न सत्य कुरा नै थाहा पाइन्छ। सुली चढाइनुपर्नेलाई फुली लगाइन्छ, अनि फुली लगाइनुपर्नेलाई सुली चढाइन्छ। मेरो देश!!

७) जनहितमा जारी। शेयर गरौं, जानकारी बाँडौं !!

- साभार  :

स्वास्थ्य खबरपत्रिका

Must View