हेर्नुहोस् त ८ लाखमै बनाउन सकिन्छ ५० बर्ष टिक्ने ४ कोठाको २ तले घर
सस्तोमा सुरक्षित र बलियो घर बनाउन चाहनु हुन्छ ? भूकम्प प्रतिरोधी र उच्च प्रविधियुक्त घर सस्तोमा बनाउने विकल्प छ । यो विकल्पबारे जानकारी पाउनु नभएको हुन सक्छ । त्यस्तै एक विकल्प पन्चकन्या समुहले बनाइदिने ‘स्टक्चर स्टिल’ तपाइको लागि राम्रो विकल्प हुन सक्छ ।
पञ्चकन्या ‘स्टक्चर स्टिल’को नामबाट पञ्चकन्या समुहले नेपालमा नै पहिलो पटक ग्याल्भनाइज स्टिलको उत्पादन गरेर घर निर्माणमा नयाँ प्रविधि भित्र्याएको छ । विदेशमा बिशेष गरेर संमृद्ध र भूकम्पीय जोखिम भएका देशहरुले यस्ता ग्याल्भनाइज स्टिलको प्रयोग गरेर घरहरु निर्माण गर्ने गरेका छन् ।
के हो ग्याल्भनाइज स्टिल ?स्टिल वा फलामका सामानमा खिया नलागोस् र नबिग्रियोस् भन्ने हेतुले बाहिरबाट कोटिङ गर्ने प्रबिधिलाई ग्याल्भनाइज भनिन्छ । यसमा समेत हलुका र गरुङ्गा दुबै किसिमका स्टिल र फलाममा यो प्रबिधि प्रयोग गर्न सकिन्छ । जसले फलाम र स्टिललाई सुरक्षित बनाउँछ ।
घर कसरी निर्माण गरिन्छ ? सर्बप्रथम तपाईसँग भएको जग्गा र त्यसको साइज अनुसार आफ्नो अवश्यकता बमोजिम इन्जिनियरलाई डिजाइन बनाउन लगाउनु होस् ।
यस्ता घरहरु ४ तलासम्म निर्माण गर्न सकिने हुनाले आफूलाई कति चाहिने हो सोहीअनुसारको डिजाइन तयार पार्न लगाउँनु पर्नेछ ।
त्यसपछि कम्पनीले तपाईको घर निर्माणको जिम्मा लिने छ । उसले तपाईको घर निर्माण सुरु गर्नेछ । तपाईले यस्ता घर निर्माण गर्दा आफ्नो लगानी गर्ने क्षमता अनुसारको सामान प्रयोग गर्ने अवसर पाउनु हुनेछ ।
कम्पनीले प्रतिबर्गफिट २२०० रुपैयाँदेखि माथि तपाईको छनोट अनुसारको सामान प्रयोग गरेर घर निर्माण गरिदिने छ । यो दर अनुसार तलमाथि गरी १३ सय स्वायर फिटको २ तले घर बनाउन करिब १८ लाख रुपैयाँ लाग्नेछ । परम्परागत रुपमा बनाइने यो क्षेत्रफलको घरका लागि ३० लाख रुपैयाँभन्दा बढी खर्च हुन सक्छ ।
यदि कम्पनीको अनुसार निर्माण गर्ने हो भने २२०० देखि २४०० प्रतिबर्गफिटमा तर्पाइको घर निर्माण हुने छ । यो खर्च अन्य परम्परागत रुपमा बनाइने घरको भन्दा कम्तिमा पनि ३० प्रतिशत सस्तो पर्ने कम्पनीले जानकारी दिएको छ । यस्ता स्टक्चरको आयु ५० बर्षसम्म हुने दाबी कम्पनीको छ ।
तल्लो तलामा जग बनाउनु पर्ने हुँदा बढी खर्च पहिलो तला बनाउदै लाग्नेछ भने माथिल्लो तला निकै सस्तो पर्नेछ । यसैकारण १३ सय स्वायर फिटको २ तले घर १८ लाख रुपैयाँ तयार पारेर सम्बन्धित घरधनीलाई हस्तान्तरण गरिने कम्पनीले जानकारी दिएको छ ।
घरका बिषेशता ‘घरको डिजाइन परिवर्तन गर्नुपरेमा यस्ता घरहरुको डिजाइन सजिलै परिवर्तन गर्न सकिन्छ, आग्लागी, भूकम्प जस्ता बिपदबाट यस्ता घरहरु सुरक्षित हुन्छन्, । यदि घर भत्काएर नयाँ निर्माण गर्नु परेमा वा घर थप्नु परेमा यस्ता घरहरु सहज हुनेछन् । यो घरको मुख्य बिषेशता छिटो निर्माण हुनु समेत हो । २ तलाको घर १५ देखि २० दिनमा निर्माण गर्न सकिने कम्पनीले जानकारी दिएको छ । यस्ता घरहरुमा प्रयोग हुने झ्यालहरु युपिभिसीका हुन्छन् । जुन पञ्चकन्याको आफ्नै उत्पादन हो ।