नागरिक पोष्ट News


हेर्नुहोस् अबदेखि भुपूहरुलाई दिइने विलासी सुविधा यस्तो छ

4.4K

- फोटो साभार : इकान्तिपुर

संसदले संविधानसभाका सदस्यहरुलाई विशेष मर्यादा र पूर्व पदाधिकारीलाई विलासी सुविधा उपलब्ध गराउने कानुन पारित गर्ने भएको छ । संसदको राज्यव्यवस्था समिति अन्तर्गतको उपसमितिले पूर्व पदाधिकारी पूर्व राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीरमन्त्रिपरिषदा अध्यक्ष, प्रधानन्यायाधीश, संविधानसभा अध्यक्षरपूर्व सभामुख र राष्ट्रिय सभा अध्यक्षलाई विलासी सुविधा उपलब्ध गराउने विधेयकमा शीर्षस्थ राजनीतक दलका नेताहरुबाट सहमति जुटाएको हो ।

उपसमितिले पूर्व राष्ट्रपतिलाई मासिक २ लाख रुपैयाँ घरभाडा, ५० हजार रुपैयाँ वृत्ति, सचिवालय, सवारी साधन, इन्धन, चालक, सुरक्षासहितको सुविधा दिने  प्रावधानलाई यथावत राखेको छ ।  ‘आवासको व्यवस्था नहुञ्जेल सरकारले काठमाडौ उपत्यकामा आफ्नो वा एकाघर परिवारको नाममा घर नहुने पूर्व राष्ट्रपतिलाई मासिक २ लाख रुपैयाँ र अन्य पूर्व पदाधिकारीलाई मासिक ७५ हजार रुपैयाँ घरभाडा वापत उपलब्ध गराउने छ ।’ पूर्व उपराष्ट्रपतिले ४० हजार रुपैयाँ मासिक वृत्ति र मासिक ७५ हजार रुपैयाँ घरभाडा पाउने छन् । 

 

उपसमितिले गरेको प्रस्तावमा उपत्यकामा घर हुने पूर्व राष्ट्रपतिले वार्षिकरुपमा एकमुष्ट दश लाख रुपैयाँ र पूर्व उपराष्ट्रपति, प्रधानमन्त्रीसहितका अन्य पूर्व पदाधिकारीले वार्षिकरुपमा एकमुष्ट तीन लाख रुपैयाँ घर मर्मत खर्च पाउने छन् । 

उपसमितिले सरकारी सुविधाको गाडी पाउने पूर्व राष्ट्रपतिसहितका सबै पूर्व पदाधिकारी (पूर्व सांसद बाहेक)लाई मासिक २५ हजार रुपैयाँ गाडी मर्मत खर्च थप गर्ने व्यवस्था पारित गरेको छ । पूर्व राष्ट्रपतिले उपसचिव स्तरको एक र नायव सुव्वा स्तरको एक गरी दुई स्वकिय सचिव, कार्यालय सहयोगी र सवारी चालक गरी तीन कर्मचारी सुविधा पाउनेछन् भने अन्य पुर्व पदाधिकारीले शाखा अधिकृत स्तरको एक कर्मचारी र सवारी चालकको सुविधा पाउने छन् । पूर्व राष्ट्रपतिले मन्त्रिसरह र अन्य पूर्व पदाधिकारीले राज्यमन्त्री सरहको इन्धन सुविधा पाउने छन् । सरकारी नियम अनुसार मन्त्रिहरुले इन्धन र मोविलका लागि मासिक ३२ हजार ४ सय ९३ र राज्यमन्त्रीहरुले २९ हजार ८ सय २० रुपैयाँ पाउँछन् । 

पूर्व पदाधिकारीले दोहोरो सुविधा नपाउने विधेयकको व्यवस्थाका कारण अधिकांश पूर्व प्रधानमन्त्रीहरुले तत्कालै विलासी सुविधा भने पाउने छैनन् । पूर्व प्रधानमन्त्रीद्वय बाबुराम भट्टराई र लोकेन्द्रबहादुर चन्द, पूर्व सभामुखद्वय दमननाथ ढुङ्गाना र तारानाथ रानाभाट, मन्त्रिपरिषका तत्कालिन खध्यक्ष खिलराज रेग्मीसहित जीवित रहेका सबै पूर्व प्रधानन्यायाधीहरुले भने यो विधेयक पारित भई प्रमाणिकरण भएकै दिनबाट विलासी सुविधा पाउनेछन् ।

उपसमितिले पूर्व पदाधिकारीको परिभाषामा पूर्व सांसद र संविधानसभाका सदस्यलाई पनि समावेश गरी मर्यादाक्रमको व्यवस्था प्रस्ताव गरेको छ । यस्तै, सबै पूर्व सांसदलाई सरकारी अस्पतालमा निशुल्क औषधोपचारको व्यवस्था गर्ने निर्णय गरिएको छ । उपसमितिले संविधानसभाका सदस्यलाई आजीवन लोगो र संघीय संसदका सदस्य सरहको मर्यादाक्रम तय गरेको छ ।

Must View