नागरिक पोष्ट News


हार्दिक श्रद्धान्जली ! कमला भट्टराईप्रति नाकको शल्यक्रिया गर्दा मृत्यु दोषी को ?

8K
चाबहिलस्थित ओम अस्पतालमा नाकको शल्यक्रिया गर्दा एक बुटवलकी ४० वर्षिय कमला भट्टराईको मृत्यु भयो । भट्टराईको  मृत्यु भएपछि अस्पताल तनावग्रस्त बन्यो। आफन्तले अस्पतालमा नाराजुलुस गरेर दोषीमाथि कारवाहीको माग गरे। भट्टराई चार दिनअघि अस्पतालमा भर्ना भएकी थिइन्, उनी नाकको कुरकुरे हाड सोझ्याउन आएकी थिइन् । मृतकका आफन्तले भने डाक्टरको लापरवाहीका कारण बिरामीको मृत्यु भएको आरोप लगाएका छन् । कमलाको उपचारमा अस्पतालका नाक, कान, घाँटी विशेषज्ञ डा. राजेन्द्रप्रसाद गुरागाईं संलग्न थिए । शल्यक्रिया पश्चात बिरामीको नाकबाट निरन्तर रगत बगिरहेको, बारम्बार बान्ता भएको, पिसाब रोकिएको मृतकका आफन्तले बताए । ‘रगत नरोकिएपछि हामीलाई डेढ लाखको औषधि किन्न लगाए, डाक्टरले अत्याधिक औषधिकै कारण मृगौला फेल भयो पनि भने,’ मृतकका आफन्त विदुर दाहालले बताए ।  आखिर चाबहिलको ओम अस्पतालमा पटक पटक उपचारकै क्रममा किन बिरामीको मृत्यु हुन्छ । यसमा दोष कसको चिकित्सकको हो की अस्पतालको । अनि कानून कसलाई लाग्छ, सोझा सिधा जनतालाई मात्र ।  फेरि पनि यस्तो घटना नदोहोरिओस् । बिरामीले अकालमा ज्यान गुमाउनुपर्ने अबस्था नआओस् अनि बिरामीको आफन्तलाई पीडा थप्ने काम कही कतैबाट नहोस् हार्दिक श्रद्धान्जली ! कमला भट्टराईप्रति साथै चीर शान्तिको कामना  शोक सन्तब्ध परिवार र आफन्तप्रति हार्दिक समवेदना - नागरिकपोष्ट परिवार

Must View