नागरिक पोष्ट News


कल गर्ल, एटीएम गर्ल र स्मार्ट गर्ल ले चिनिएको नेपाली यौन बजारको नालीबेली

10.2K
 

नेपालको अवैध यौनव्यवसायबारे अनुसन्धान गरिरहेको सरकारी तथा गैह्रसरकारी संघसस्थाहरुका अनुसार नेपालमा यौनव्यवासयमा सक्रिय युवतीहरुलाई विभिन्न ६ समुहमा चित्रित हुने गरेको छ । - पंकजबहादुर धामी/टिभी अन्नपूर्ण

चालु गर्ल

राजधानीका काठमाण्डौका सडक खासगरि ठमेल रत्नपार्क, गोंगबु बसपार्क लगायतका स्थानमा यस्ता युवतीहरु खुलेआम यौनव्यसायमा सक्रिय देखिन्छन । यसरी खुलेआमा बिना लाज डर सडकमै छरपष्ट पोखिने यि युवतीको एउटै मात्रै ध्याय पैसा कमाउने मात्रै हुन्छ । आर्थिक हिसाब एकदमै कमजोर आर्थिक पृष्ठभुमि भएका पारिवारिक दुर्घटनामा परेका जस्ता महिलाहरु चालु गर्लका रुपमा चिनिन्छन । हरेक दिन सडकमा ढुकेर बस्ने र एक पटकमा न्युतम ५ सय देखी २ हजारसम्मको माग गर्ने युवतीले धेरै ठाँउमा आफ्ना ग्राहकलाई यौनसन्तुष्टिसँगै अन्य ठगी तथा चोरी समेत गरेर दुःख दिने गरेका छन ।

प्रहरीले समेत अत्यान्तै दुःख दिने र यहि बाहानामा शारिरिक शोषणसम्म गर्ने भएकाले यो वर्गका यौन व्यसायीहरु प्रहरी कारबाहीबाट अलिकति सम्म पनि नडराउने गरेका छन । बरु हरेक प्रहरी अधिकृतसँग अत्यान्तै निकटजस्तो व्यवहार प्रदर्शन गर्दछन ।

कल गर्ल

राजधानीमा बस्ने, निक्कै बिलासीजस्तो देखिन खोज्ने कुनै पेशा जाँगिर नगरि गुजारा चलाउने युवतीहरु यो वर्गको यौनव्यवसायमा सक्रिय हुने गरेका छन । व्यापारी, प्रहरी, सरकारी कर्मचारी वा बिदेशबाट फर्केका नेपालीहरुका साथै बिद्यार्थीहरुले समेत यस्ता युवतीको खोजी गर्ने गरेका छन ।

निश्चित पैसा बुझाएर आफ्नो यौनप्यास मेटाउन फोन मार्फत बोलाउन सकिने भएकाले यो सम्बन्ध सहज र गोपनीय भन्दै अधिकांश ग्राहकहरु कल गर्ललाई आफ्नो रोजाईमा पार्ने गरेका छन । फोन सम्पर्कबाट सजिलै आउने भएकाले यस्ता युवती हरुलाई सेना प्रहरी वा व्यवसायीहरु कुनै समारोह वा पार्र्टीमा बोलाउने र समारोहपछि यौनचाहाना पुरा गर्ने गरेका छन ।

चारित्रिक रुपमा अत्यान्तै तल्लो व्यवहार प्रदर्शन गर्ने यिनीहरु आफूलाई मोर्डन टाइपको युवती भन्न रुचाउँछन्न । यौन व्यसायमै सक्रिय यस्ता युवतीहरुले मदिराले मत्त भएका बेला बिना हिचकिचावट आफूलाई ‘कम्प्यानी गर्ल’ भनेर समेत चिनाउने गरेका छन । यिनीहरु र ग्राहकबीच दोहोरो समझदारी हुन्छ । जब ग्राहकलाई आवश्यक पर्छ यिनीहरुलाई बोलाउँछन यिनीहरुलाई यौन चाहना र रकमको आवश्यक पर्छ तब यिनीहरु आफै ग्राहक बोलाउँछन पनि । प्राय यिनीहरु गु्रपमा हिँड्न रुचाउँछन्। यिनीहरुको रेट यति उति भनेर नतोकिएको भएपनि पुरुषले सवेगात्मक भएका बेलामात्रै बोलाउने भएकाले मोटो आम्दानी गर्ने गरेका छन । यस्ता युवतीले एक रात कम्प्यानी दिए बापत ग्राहकले सपिङ गर भनेर ५ देखि १० हजार रुपैयाँ समेत थपिदिने गरेका छन । प्राय १९ देखि ३० वर्ष उमेर समूहका युवतीहरु कर्ल गलका रूपमा देखिने गरेका छन् ।

स्विट गर्ल

यौन व्यसायमा सक्रिय धेरैको नजर पर्ने युवतीका रुपमा चिनिने स्विट गर्ल राजधानीका स्कुल क्याम्पासका बिद्यार्थीहरु हुन । बिशेषगरि उपत्यकाभित्रै कार्यरत उच्च ओहोदाका सेना, प्रहरी, कर्मचारी, व्यापारीका छोराछारीसहित उच्चशिक्षाका लागी राजधानीबाहिरबाट आउने युवतीहरु यो समुहमा पर्ने गरेका छन ।

उमेरका हिसावले कम उमेर, देख्दा सुन्दर, आधुनिक भेषभुषाले सुसज्जित युवतीहरुलाई स्विट गर्लका रुपमा चर्चा गर्ने गरेको पाईन्छ । यिनीहरु विद्यार्थी पनि भएकाले कसै कसैले ‘कलेज गर्ल’ भन्ने गरेको भुक्तभोगीहरु बताउँछन । एक रातको २० हजारदेखि ५० हजार रुपैयाँसम्म क्यास लिने यस्ता युवतीहरु ग्राहकका बारेमा प्रशस्ता जानकारी लिएपछि उनिहरुको विश्वास भएमात्रै पैसा लिएर यस्तो कार्यमा सहभागी हुने गरेका छन । वचनको पक्का यस्ता युवती आफ्नै डेरामा या ग्राहककै घरमा पुगेर यौनकार्यमा संलग्न हुने गरेका छन । उपत्यकामा यो वर्गका ४ हजारबढि अवैध यौनव्यवसायीहरु सक्रिय रहेको अनौपचारिक तथ्याङक छ ।

स्मार्ट गर्ल

उपत्यकामा मेडिकल, ब्युटिपार्लर, रेष्टुरेण्ट पार्टनर, वा अरु यस्तै व्यापार गर्ने भन्दै सटर थापेर यौन कार्यमा सलग्न हुने युवतीहरु यो वर्गमा यौन व्यवसायीका रुपमा चिनिन्छन ।

देख्दा निक्कै सुन्दर लाग्ने बोलीको प्रभाव भएका र झट्ट हेर्दा आर्थिक रुपमा परिपक्क जस्ता देखिने महिलाहरु स्मार्ट गर्लका रुपमा परिचित छन । राम्रो पारिवारिक पृष्ठभुमि, बिहे भईसकेपछि पारिवारिक समस्या उत्पन्न भएर एक्लै बस्ने गरेका वा बच्चासहित पहिलो श्रीमानलाई छाडेर बस्ने महिलाहरु स्मार्ट गर्लका रुपमा सक्रिय छन । यसबाहेक पैसा र व्यापारको तीब्र महत्वकाक्षा भएका २५ बर्षदेखी ३५ बर्ष समुहका युवतीहरु यो वर्गमा पर्दछन ।

निक्कै ओजिलो र परिपक्क बोलीका कारण एकपटक नजिकिएपछि नियमित ग्राहकजस्तै बनाउने गरेका छन । यस्ता युवतीहरुले एकपटकको १० हजारदेखी १५ हजार रुपैंयाँ लिने गरेपनि उनिहरुले यसबापत पैसा नलिने तर मोबाईल, टिभी, अन्य घरायसी सामान, देखी फलाईट टिकट वा अरु यस्तै उपहार लिने गर्दछन । यस्ता युवतीहरु सामाजिक सञ्जाल फेसबुक ट्विटर लगायतमा निक्के सक्रिय हुन्छन । जसका कारण उनिहरुलाई ग्राहकसँग जोडिन सजिलो हुने गरेका बताउछन । उपत्यकामा २२ सय बढि स्मार्ट गर्ल अवैध यौनव्यवसायमा सक्रिय हुने गरेको तथ्याङक छ ।

सेलिब्रेटी गर्ल

यौन व्यसायका हाई प्रोफाइल भएका युवतीमध्ये पर्छन कुनै न कुनै पेसा, व्यवसाय र कामबाट आफ्नो पहिचान बनाउन सफल भएका केही युवती पनि यो व्यवसायमा लागेको स्रोतबताउँछ। यिनीहरुको नाम, बोली, फोटो पनि बिक्छ। यिनीहरुको नाम यौन व्यवसायीहरुको सूचीमा छ भन्ने सुन्यो भने पनि जो कोहीले जिब्रो काढ्छन्। यिनीहरुको व्यवसाय गर्ने तरिका एकदमै फरक हुन्छन । कुनै कार्यक्रम वा सार्वजनिक समारोहमो ग्राहकसँग मुस्कानले मात्रै संकेत दिने यस्ता युवतीहरुले ठुलै कामको बहाना बनाएर ग्राहकसँग भेट्ने गरेका छन ।

राजधानीका धनाढय व्यक्ति, ठूला व्यवसायी, उच्च पदका सेना, प्रहरी, उच्च पदस्थ कर्मचारी र डनसँग समारोहमा कुम जोडेर उपस्थित हुने यो वर्गका यौन व्यसायी चलचित्र, म्युजिक भिडियो एव बिज्ञापनमार्फत चर्चा पाईसकेका हुन्छन । एकपटकको १ लाख रुपैयाँभन्दा बढी लिने यस्ता युवतीले नेपालका उच्च तहका नेता, कर्मचारी,सेना प्रहरी बिशिष्ट व्यक्तिसँग नजिक हुने भएकाले चाहेकै बेला भनेमुताविक माथिल्लै निकायबाट निर्णय गराउन सक्छन । ‘त्यति मात्र होइन, यिनीहरुले चाहे आफ्नो ग्राहकलाई भनेर आफन्तलाई बोल्दा बोल्दै जागिर लगाइदिन सम्म गरेका छन । अत्यान्तै गोपनीय सम्बन्ध चाहाने यस्ता युवतीहरु प्रहरीको नजरमा समेत कहिल्यै यौनव्यवसायी रुपमा पर्ने गरेका छैनन । राजधानीमा अहिले ३ हजार बढि सेलिब्रेटी गर्लका रुपमा अवैध यौनकार्यमा संलग्न हुने गरेको अनौपचारिक तथ्यांक छ ।

एटिएम गर्ल

विदेशमा बस्ने नेपालीका श्रीमति वा नेपालमै भएर पनि अतिव्यस्त जागिरे श्रीमान भएका महिलाहरु यो वर्गमा पर्दछन । यौनको तीब्र चाहाना राख्ने पुगिसरी जिवनशैली भएका तर श्रीमान साथमा नभएका महिलाहरु एटिएम गर्लका रुपमा चिनिन्छन ।

आफ्नो यौन चाहाना पुरा गरिदिएवापत प्रशस्त पैसा समेत दिने युवतीहरु राजधानीमा एटिएम गर्लका रुपमा यौन कार्यमा संलग्न छन । निक्कै मायालु, सहयोगी र कोमल मन भएका गृहणी तथा जाँगिरे महिलाहरुले घरमै पुरुष साथी बोलाएर यौनप्यास मेटाउदाँ यो वर्गका महिलाहरुले कहिले तोकेरै त कहिले युवकले आवस्यक ठानेजति पैसा दिने गरेका हुन्छन । उनिहरुले पैसालाई भन्दा यौनलाई महत्व दिने गरेका कारण यस्ता घटनाका गलत नियतको युवकहरुको प्रवेश हुने र कोमल मनको फाईदा उठाउदै यौनकार्यपछि ब्ल्याकमेल तथा आपराधिक कार्यसमेत हुने गरेका छन । २० बर्षदेखी ४५ बर्षसमुहका महिलाहरु यो वर्गमा पर्दछन । यिनीहरुको बोलीको प्रभाव राम्रो हुने भएकाले श्रीमानसँगको सम्बन्धमा पनि कुनै समस्या नदेखिने गरेको जानाकारहरु बताउछन ।

अहिले नेपालमा एटिएम गर्लका रुपमा झण्डै २० हजार बढि महिला सक्रिय छन । एटिएम गर्लका रुपमा चिनिने महिलाहरुले एउटा निश्चित यौन पार्टनरको रुपमा राख्ने र उसलाई कुनै नाता सम्बन्ध लगाएर वा डेरावालकै रुपमा घरमै राख्ने गरेकाले प्रहरी प्रशासनको यो सम्बन्धमा कुनै ध्यान नजाने गरेको देखिएको छ ।

Photo Credit: Aarthiksamachar.com

   

Must View