नागरिक पोष्ट News


ग्लोवल प्रतिभा सम्मानबाट अटिजम सामाजिक अभिन्यता सबिता उप्रेती सहित तीन जना सम्मानित

13.9K
ग्लोवल मार्टको उद्घाटनसँगै ग्लोबल प्रतिभा सम्मानबाट तीन युवा सम्मानित

७५ जनालाई रोजगारी सहित १५ करोडको लगानीमा काठमाडौको पेप्सीकोलास्थिती सनसिटी अपार्टमेन्टसँगैको सिटौला कम्प्लेक्समा ग्लोबल मार्ट मार्ट स१चालनमा आएको छ ।ग्लोबल मार्टको उद्घाटन गर्दै बाणिज्य मन्त्री मिन बहादुर विश्वकर्माले विदेशमा लामो समय बसेर पनि स्वदेश फर्किएका युवाले सञ्चालन गरेको व्यवसाय आफैंमा उदाहरणीय भएको बताए ।  

 

उद्घाटनकै अवसरमा ग्लोबल प्रतिभा सम्मानबाट तीन जना युवालाई नगद पाँच हजार पाँच सय पचपन्न रुपैंयाँ सहित सम्मान समेत गरिएको थियो । यसरी सम्मानित हुनेमा स्वरोजगार अभियन्ता तथा समाजसेवी सुजन थपलिया, अटिजम भएका बालबालिकाको स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा योगदान पु¥याएकी सविता उप्रेति तथा पत्रकार, लेखक रोहित भण्डारी रहेका छन् । 

देशका प्रतिष्ठित कलाकार मनोज गजुरेल, कोमल वली, नायक निखिल उप्रेति लगायतको प्रस्तुती सहितको उद्घाटन कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकाल, काठमाडौंं क्षेत्र नं २ का सांसद दीपक प्रसाद कुइकेल, राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटी, कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरी थापा, सिटौला समाज नेपालका अध्यक्ष जनार्दन सिटौला लगायतको उपस्थिती रहेको थियो ।

ग्लोबल मार्ट, रेष्टुरेन्ट तथा चिल्ड्रेन गेम जोनका सञ्चालक हरि प्रसाद सिटौला ९ वर्ष कोरियामा रोजगारीपछि फर्किएका व्यक्ति हुन् । ग्लोबल मार्टमा खाद्यान्न, किचेन वयेर, गिफ्ट, कस्मेटिक, बच्चाका खेलौना, जुत्ता, ब्याग तथा लेडिज जेन्सका सम्पूर्ण तयारी पोशाक उपलब्ध छन् । मार्ट कम्प्लेक्सको तेस्रो तला सम्म रहेको छ भने चौथो तलामा ग्लोबल गेम जोन र पाँचौ तलामा ग्लोबल रेष्टुरेन्ट रहेको छ । चिल्ड्रेन गेम जोनमा फनपार्कमा उपलब्ध हुने गेमहरु रहेका छन् । उद्घाटनका अवसरमा बोल्दै सञ्चालक हरि प्रसाद सिटौलाले आगामी एक महिना सम्म खाद्यान्नमा ५ तथा रेष्टुरेन्ट र अन्य सबैमा १० प्रतिशत छुटको व्यवस्था गरिएको बताए । मुनाफा कम्पनीको उद्देश्य रहेपनि सामाजिक उत्तरदायीत्वलाई आफूले कहिल्यै नबिर्सने उनको भनाई छ । प्रत्येक वर्षको मुनाफाबाट २ प्रतिशत सम्म सामाजिक कामका लागि खर्च गर्ने उनले घोषणा समेत गरेका छन् । 

Must View