दुःखद छहरे टोखा बस दुर्घटना, हार्दिक श्रद्धान्जली!मृत आत्माप्रति र घाइतेहरुको स्वास्थ्य लाभ
6.2K
नुवाकोट छहरे टोखा बस दुर्घटनामा ८ को मृत्यु, दर्जनौ घाइते
बडादशै २०७४ को मुखैमा नुवाकोट छहरे टोखाखण्डको शिवपुरी ७ स्थित सुनखानीको गुरुङ गाउमा २०७४ साल भाद्र २३ गते बस दुर्घटना भएको छ । काठमाडौंबाट नुवाकोटको खरानीटार आउँदै गरेको बा १ ख ६३४८ नं को बस दुर्घटनामा ८ को मृत्यु भएको छ । दुर्घटनामा परी ३० जना भन्दा बढी घाइते भएका छन् । बस दुर्घटनाबाट स्थानीय सीता तामाङको दुईतले घर समेत पूर्णरुपमा क्षति भएको छ ।
यस दुःखद घडीमा मृतआत्माको चीर शान्तिको कामना सहित हार्दिक श्रद्धान्जली र दुर्घटनामा घाइते भएकाहरुको शीघ्र स्वास्थ्य लाभको कामना व्यक्त गर्दछौं
।
- नागरिकपोष्ट परिवार
नुवाकोट बस दुर्घटनाको विवरण:-
उपचारको क्रममा ग्रान्डी अस्पतालमा मृत्यु भएकी:- १,जि.नुवाकोट रालुका-२ बस्ने वर्ष २२ की सबिता तामाङ मृतक । ग्रान्डी अस्पतालमा भएका निम्न घाइते नामवली:- १,जिल्ला नुवाकोट पन्चकन्या-१ वर्ष ४३ कि देबकी रिजाल टाउको र छातीमा चोट मध्यम । २,ऐ.ऐ. बस्ने वर्ष २० को पार्बती थापामगर अनुहारमा चोट बोल्न सक्ने । ३,जि.काठमाण्डौ नेपालटार तारकेश्वर न.पा.७ बस्ने ३८ को नबिन श्रेष्ठ टाउको र अनुहारमा चोट बोल्न सक्ने। ४, ऐ.ऐ. बस्ने निजको श्रीमती वर्ष ३६ कि राज्यलक्ष्मी श्रेष्ठ दाइने हात खुट्टा र जिउमा चोट । ५,जि.नुवाकोट सूर्यगढी गा.पा.४ बस्ने वर्ष ३६ कि सरस्वती गिरी छातीमा चोट बोल्न सक्ने । ६,ऐ.ऐ. बस्ने निजको छोरा १५ को रुपक गिरी ढाड र अनुहारमा चोट सामान्य । ७,जि.नुवाकोट सुन्दरादेवी-४ बस्ने मेनुका मैनाली अनुहार छाती र दुबै हातमा चोट बोल्न सक्ने। ८,जि.नुवाकोट नर्जामण्डप -६ बस्ने वर्ष ३६ की नन्द कुमारी अधिकारी टाउको दाइने खुट्टामा चोट। ग्रिन सिटीमा भएका मृतकहरु :- १.नाम थर वतन नखुलेकी बर्ष ३७ की उजेली मिजार २.थप्रेक ९ अं. बर्ष ४५ को लाल ब. तामाङ घटनास्थलमा मृत्यु भई जिल्ला अस्पताल त्रिशुलीमा रहेका मृत्तकहरु :- १.जि.नुवाकोट तादी गा.पा.-५ बस्ने बर्ष ५० की लक्ष्मी न्यौपाने २. ऐ. मा बस्ने बर्ष ५० की ठुली माया तामाङ ३. जि.नु.बि.न.पा-९ बस्ने अं. बर्ष २१ की शसी बोगटी Green city hospital मा भएको घाइतेहरु:- १ ऐ.तादी गा.पा। ५ बस्ने वर्ष ३३ कि गिता खनाल । २ ,ऐ.ऐ. सुर्यगढी गा.पा.६ बस्ने ५० कि कान्छी मिजार । ३. नुवाकोट जिल्ला बस्ने एकिन गा.पा नखुलेको वर्ष १६ की दिक्षा घिमिरे । ४ ,ऐ.ऐ. सामरी गा.पा. बस्ने वर्ष ४७ कि यमशोभा मानन्धर । ५ ,ऐ.ऐ. हरेखोला गा.पा.५ बस्ने भोग बहादुर तामाङ । ६ ,ऐ.ऐ शिवपुरी गा.पा.८ बस्ने वर्ष १८ को मनिस डंगोल । ७ ,ऐ.ऐ.पन्चकन्या २ बस्ने वर्ष ४८ को गोबिन्द श्रेष्ठ । ८ ,ऐ.ऐ. शिवपुरी बस्ने २२ को रमेश के.सि.। ९ ,ऐ.ऐ. पन्चकन्या ४ गा.पा.बस्ने वर्ष ३३ को को शेर बहादुर तामाङ । १० ,ऐ.ऐ. तादी गा.पा. २ बस्ने वर्ष १५ को सानोबाबु तामाङ । ११ ऐ.तादी बस्ने ११ महिनाको छोरा जातको बच्चा कुप्रेण तामाङ । १२ .ऐ. शिवपुरी गा.पा.वडानं. ४ मा बस्ने बर्ष १९ की सरस्वती थिंङ । १३. ऐ.पन्चकन्या गा.पा.९ बस्ने बर्ष २१ को बिना पण्डित । १४. का.जि कां.म.न.पा.सानोभ-याङ गा.पा. ७ बस्ने बर्ष ३१ को सितामाया तामाङ । १५. नुवाकोट जिल्ला बस्ने गा.पा नखुलेको वर्ष २७ की अन्जु तामाङ । १६. ऐ.पन्चकन्या गा.पा.९ बस्ने बर्ष २९ की सिता पण्डित १७ नुवाकोट जिल्ला बस्ने एकिन गा.पा नखुलेको वर्ष ७ को करण तिवारी १८. ऐ.सुर्यगढी गा.पा. ५ मा बस्ने बर्ष २४ की सर्मीला राई । १९. जि.बारा गढीमाई-२ घरभई चोभार बस्ने बर्ष ४५ को रामेश्वर मुखिया । २०. नुवाकोट जिल्ला एकिन गा.पा नखुलेको वर्ष १७ की कविता तामाङ । बिपी स्मृती अस्पताल काठमाण्डौ :- १. ऐ. शिवपुरी गा.पा.वडानं. ७ मा बस्ने बर्ष २७ को देबकी ठकुरी । चिरायु अस्पताल काठमाण्डौ :- १. नुवाकोट जिल्ला एकिन गा.पा –नखुलेको वर्ष ६१ की निर्मला पाठक । शिक्षण अस्पतालमा मृत्यु :- १.जिल्ला नुवाकोट सुर्यगढी गा.पा २ बस्ने वर्ष २३ को दिनेश श्रेष्ठ