हेर्नुहोस्, पहिलोपटक बच्चाको दाँत उम्रने बेला यी कुरामा ख्याल राख्नैपर्छ
– दाँत उम्रने समयमा गिजा सुन्निने वा रातो हुन्छ ।
– र्याल बढी चुहाउने हुन्छ ।
– तिर्खा बढी लाग्छ ।
– मुखमा दाग, घाउ देखापर्न सक्छ ।
– पखला लाग्न सक्छ ।
– ज्वरो आउन सक्छ ।
के गर्ने ?
बच्चाको गिजा चिरिएर दाँत उम्रन थाल्छ । यस क्रममा गिजा चिलाउने, दुख्ने हुन्छ । यसबेला केहि विधी अपनाउन सकिन्छ ।
१. बच्चाको दाँत उम्रने बेला केरा, उसिनेको स्याउ, सुन्तलाको जुृस, दाल, खिचडी, सुजीको खिर जस्ता खानेकुरा उपयोगी हुन्छ ।
२. दाँत उम्रने बेला यस्तो चिज दिनुपर्छ, जसमा क्याल्सियम, प्रोटिन, आइरन, भिटामिन र मिनरल्स पर्याप्त होस् ।
३. बच्चालाई मल्टी मिटामिन ड्रप्स, जस्तो कि भिटामिन डि-३ दिनुपर्छ । यदि १० महिनासम्म पनि बच्चाको दाँत उम्रन थालेन भने क्याल्सियम सिरप दिनुपर्छ ।
४. बच्चालाई घाममा निकाल्नु पनि राम्रो हुन्छ । यसले उनीहरुको दाँत तथा हड्डी बलियो हुन्छ । किनभने घामबाट प्राकृतिक भिटामिन डि प्राप्त हुन्छ ।
५. बच्चाको हातमा गाजर, बिस्कुट जस्ता खानेकुरा दिनुहोस्, जसले गिजा चिलाएको राहत हुन्छ ।
स्तनपान गराइरहने- दाँत निस्कने समयमा बच्चाले वान्ता गर्ने, पखला गर्ने हुन्छ । यसले उसको शरीरमा पानीको मात्रा अपुग हुनसक्छ । त्यसैले झोलयुक्त पदार्थ ख्वाइरहनु पर्छ । बच्चालाई स्तनपान गराइरहनु पर्छ ।
बच्चाको दाँतको ख्याल कसरी गर्ने ?
बच्चाको दाँत उम्रन थालेपछि त्यसको सहि हेरचाह गर्नुपर्छ ।
– बच्चाको दाँतलाई एकदमै नरम बेबी ब्रसले दिनमा दुई पटक ब्रस गरिदिनुपर्छ ।
– पेस्ट पनि प्रयोग गर्नुपर्छ । पेस्टमा फ्लोराइड हुनैपर्छ । ताकि बच्चाको दाँतमा क्याबिटी नहोस् ।
– बच्चाको दाँतको नियमित हेरचाहको लागि चिकित्सककहाँ पुर्याउनुपर्छ ।
– बच्चालाई निश्चित समयमा खाना ख्वाउनुपर्छ ।
– बच्चाको आहारमा फाइबरको मात्रा भरपुर हुनुपर्छ ।