नागरिक पोष्ट News


थानापति सेवा समाजद्धारा SEE (एसइइ) २०७३ मा उत्कृष्ट अंक ल्याउने ११ जनालाई नगद सहित सम्मान

8.7K
थानापति सेवा समाजले श्री जनज्ञान निकेतनबाट २०७३ को एसईई परीक्षामा  उत्कृष्ट अंक ल्याउने ११ जना बिद्यार्थीलाई बधाई दिदै नगद सहित सम्मान गरेको छ । समाजको तेस्रो वार्षिक साधारण सभा २०७४ भाद्र १७ गते को अवसरमा उक्त बधाई तथा सम्मान कार्यक्रम गरेको हो ।  Thanapati Sewa Samaj थानापति सेवा समाज, नुवाकोट को फोटो।   समाजका अध्यक्ष होमनाथ थपलियाले जातीय भेदभाव, धनी गरीब र राजनीतिक सोचबाट माथि रहेर मात्र थानापति सेवा समाज मार्फत आफ्नो सामाजिक उत्तरदायित्व चिनाउने माध्यमको रुपमा समाजलाई बुझिदिन आग्रह गर्नुभएको छ । कार्यक्रममा सांसद राजेन्द्र प्रकाश लोहनी, बरिष्ठ समाजसेवी तथा बाबुकाजी पाठक, योग अभियन्ता केदार प्रसाद पाठक, समाजसेवी रत प्रसाद पाठक, दिनेश थपलिया, रमेश पाठक, गोबिन्द प्रसाद पाठक, महेश थपलिया लगायतका समाजसेवी व्यक्तित्वहरुको सहभागीता रहेको थियो । कार्यक्रम गंगबुको महादेवटास्थित सामुदायिक भवनमा सम्पन्न भएको थियो । Thanapati Sewa Samaj थानापति सेवा समाज, नुवाकोट को फोटो।   तेस्रो वार्षिक साधारण सभामा समाजका कोषाध्यक्ष बद्री प्रसाद खकुरेलले संस्थाले आजीवन सदस्यता शुल्क र सदस्यहरुको सहयोग रकमबाट २०७३ असार मसान्तसम्म ८२९,५३३ रुपैंया पैसा अन्ठान्नब्बे वचत गर्न सफल भएको लेखा विवरण प्रस्तुत गर्नु भएको थियो । संमाजले रु १० लाखको अक्षय कोष स्थापनामार्फत विशेष सामाजिक कार्यक्रम घोषणा गर्ने जनाएको छ । संस्थाको वार्षिक कार्यक्रम शुभकामना भेटघाट एवं पारिवारिक वनभोज कार्यक्रम र जनज्ञान निकेतनबाट एसइई परीक्षाका उत्कृष्ट अंक ल्याउने छात्र तथा छात्राहरुलाई सम्मान कार्यक्रम रहने बताउदै अन्य सामाजिक कार्यक्रमहरु पनि ल्याउने महासचीव पुरुषेतम थपलियाले बताए ।    भावी सन्तति र युवा पुस्तालाई समाज सेवा के हो किन हामी यसका लागि हामी अग्रसर हुनुपर्दछ भन्ने कुरालाई शिक्षाको पाठस्वरुप सिकाउन पनि थानापति सेवा समाजको भूमिका एवं पहल रहनुपर्नेमा कार्यक्रममा सहभागी सामाजिक क्षेत्रका व्यक्तिहरुले जोड दिएका छन् ।  आज हामी कहाँ छौ र के गर्दछौं, समाजका लागि हाम्रो दायित्व जिम्मेवारी के भन्ने बुझ्न जरुरी भएको छ । आफ्नो काम व्यवसाय र आफ्नै दैनिकीमा भुल्दै गएको हाम्रो दायित्व र जिम्मेवारी हाम्रो समाजले खोजिरहेको छ । हामी सामाजिक चेतनशील प्राणी भएकोले हामी आफ्नो समाज, गाउँ र देशकै लागि सेवाको भावनाले अब पनि अग्रसर नहुने हो भने हाम्रो भावी सन्ततिले नैतिक चरित्र, आदर्शता र हाम्रो संस्कृतिसँगै सामाजिक जिम्मेवारीको जानकारी लिने फेरि कोरा किताब नै घोक्नुपर्ने नहोला भन्न सकिदैन । त्यसैले सामाजिक सेवामा हाम्रा सृजनशील हातहरु अगाडी बढाएर गाउँ, समाज , जिल्ला र देशकै लागि नमुना बनाउन जो जहाँ भए पनि थानापतिवासीहरुका लागि थानापति सेवा समाजले समाजप्रतिको आफ्नो दायित्व र जिम्मेवारी पूरा गर्न तेस्रो साधारणसभामार्फत समेत आव्हान गरेको छ । थानापति सेवा समाजको वनभोज तथा शुभकामना आदानप्रदान २०७४ सम्पन्न सामाजिक उत्तरदायित्व पूरा गर्ने सन्देशसहित थानापति सेवा समाजको वनभोज तथा शुभकामना आदानप्रदान २०७३ सम्पन्न IMG_6587

Must View