८८ किलो सुन बरामद अहिलेसम्मकै ठूलो परिमाणको सुन तस्करी
3.2K
काठमाडौंको क्षेत्रपाटीबाट ८८ किलो सुन बरामद भएको छ । सुनसहित गाडी चालक पक्राउ परेपनि सुनको मालिक भेटिएको छैन । क्षेत्रपाटीमा रोकिराखेको बा १७ च ६४२७ नम्बरको गाडीबाट प्रहरीले सुन बरामद गरेको अपराध महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनीले जानकारी दिए ।
सुनसहितको गाडी आउँदैछ भन्ने सूचना प्रहरीलाई केही दिनअघि नै थियो । त्यसकै आधारमा प्रहरीले गएराति १० बजेदेखि नै निगरानी राखेको थियो ।
सोमबार बिहान करिव २ बजेतिर एसपी नरेन्द्र उप्रेतीको टोलीले गाडी नियन्त्रणमा लिएको हो ।स्ट्रोम जीपबाट ८८ किलो सुन बरामद भएको र गाडी चालक मनोज अधिकारीलाई नियन्त्रणमा लिएको लोहनीले जानकारी दिए ।
यतिधेरै सुन बरामद भएको नेपालको इतिहासमै पहिलोपटक हो ।प्रहरीका अनुसार उक्त सुन केरुङ नाकाबाट रसुवा हुँदै आएको पुष्टि भएको छ ।
गाडीमा ‘भीआईपी’ लेखिएको स्टिकर टाँसिएको भेटिएको छ । तस्करीमा चिनियाँ नागरिकको संलग्नता पनि खुलेको छ ।