नागरिक पोष्ट News


फ्रान्समा नाङ्गै बसेर आनन्द लिन चाहनेहरुको लागि ‘न्यूडिस्ट पार्क’ खुल्ला

3.5K
 फ्रान्सको राजधानी पेरिसमा पहिलोपटक नाङ्गै बसेर आनन्द लिन चाहने प्रकृतीप्रेमीहरुका लागि ‘न्यूडिस्ट पार्क’ खुल्ला गरिएको छ ।

पेरिसको चरा संरक्षण केन्द्र नजिकै रहेको ‘बोइस डी विन्सेनस पार्क’भित्र निर्माण गरिएको उक्त ‘न्यूडिस्ट पार्क’ सेप्टेम्बर महिनाको सुरुसँगै खुल्ला गरिएपछि १० जना प्रकृतीप्रेमीहरुले सामुहिक रुपमा नाङ्गै बसेर आनन्द लिएका छन् ।

‘मिरर अनलाइन’का अनुसार फ्रान्सेली नागरिकहरुले राजधानीमा नाङ्गै बसेर आनन्द लिन एक हरियाली ‘न्यूडिस्ट पार्क’को माग गरेको लामो समयपछि पेरिसका मेयरले उनीहरुका माग पुरा गरीदिएका हुन् ।

फ्रान्सका अधिकारीहरुले गरेको एक अध्ययन अनुसार फ्रान्समा ४०० भन्दा बढी सामुद्रिक तटमा करिव २५ लाखभन्दा बढी नागरिकले ‘न्यूडिज्म’ अर्थात नाङ्गिएर आनन्द लिने अभ्यास गर्दछन् ।

सरकारको तथ्यांकमा आफ्ना नागरिक ‘न्यूडिज्म’प्रति आर्कषित भएको देखेपछि यसलाई सम्बोधन गर्न ‘न्यूडिस्ट पार्क’ खोलिएको बताइएको छ ।

मेयर कार्यालयले आगामी अक्टुबर १४ सम्म बिहान ८ बजेदेखि बेलुका ७.३० सम्म पार्क खुल्ला गरिने जनाएको छ ।

Must View