दरबारमार्गमा उपभोक्ता ठगीको यस्तो धन्दा ४७ सयको जुत्तालाई सेल अफर भन्दै २७ हजारमा बेचेपछि
4.4K
दरबारमार्गको बेन्टले सोरुममा १ हजार प्रतिशत सम्म नाफा राखेर४७ सयको जुत्तालाई सेल अफर भन्दै २७ हजारमा बेचेको पर्दाफास भएको छ । दसैं तिहारको छुट दिने बहानामा उपभोक्तालाई ठगेको भेटिएको आपूर्तिमन्त्री शिवकुमार मण्डलले बताएका छन्। बेन्ट्लीले सोरुममा छापा मार्दा सामानको खरिद विल देखाउन सकेनन्। अत्याधिक नाफा राखेर कालोबजारी गर्ने सोरुमलाई आपूर्ति मन्त्रालयले सोमबार छापा मारेर सिल गरेको छ। आपूर्ति मन्त्रालय र आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले संयुक्त बजार अनुगमन गर्दै उपभोक्तासँग चर्को मूल्य असुलेको देखिएका बेन्ट्ले, पुमा, नाइक, स्टोर वान र एभिन्यू मार्केटिङमा सिल गरेको हो। आपूर्तिमन्त्री शिवकुमार मण्डल नेतृत्वको टोलीले बजारको अनुगमन गरेको थियो।