नागरिक पोष्ट News


हेर्नुहोस् सेनाभित्रका केही व्यक्तिहरु कति भष्ट ?जसले सोझा जनतासँग करोडौ ठगेको रहस्य खुल्यो

2.8K
हामीले नेपाली सेनाले भित्रको भ्रष्ट्चार देखाउदै आएका छौ । अख्तियारले पनि हेर्न नपाउने भएपछि नेपाली सेना भित्र ठुलो भ्रष्ट्चार हुने गरेको छ । सेना अफिसरहरुले भ्रष्ट्चार गरेर ठगेकाहरुवारे रिपोटिङ गरेपछि अहिले भने उनिहरु पैसा पाउन थालेका छन् । नगरकोट स्थीत शिक्षालयमा २ करोड २८ लाख बराबरको वाल पुटीङ तथा पेन्टीङको काम गरेका दुर्गालाल तण्डुकारले हामीले रिपोट प्रशारण गरेपछी ४३ लाख पाएका छन् ।

 

सेनाका बहावला मेजर निश्चयजंग रायमाझीले ४३ लाख रुपयां झोलामा हालेर डिल्लीबजारको एक रेष्टुरेन्टमा तण्डुकारलाई यसरी बुझाए । खासमा नेपाल सेनाको विकास निमार्ण निर्देशनालयका पुर्व जर्नेल नरेश बस्नेत, पुर्व कर्नेल गोपाल भण्डारी तथा बहालवाल मेजर निश्चयजंग रायमाझीले विरेन्द्र सैनिक अस्पताल छाउनी तथा नगरकोटको नेपाली सेना शिक्षालय निमार्णका लागि विभीन्न काम गरेका रमेश श्रेष्ठ र माधव खतिवडा, दुर्गा तन्डुकारलाई भुतmानी दिनु पर्ने १ करोड बढि रकम अझै पाएका छैनन् । छाउनी स्थीत अस्पतालमा काम गरेबापत ३ जना ठेकेदारले पाउने पर्ने ६० लाखको बिषयमा हामीले रिपोटीङ गरेर र नेपाली सेनाका प्रवतmा झंकर कडायतसँग लाइभ कुरा गरेपछि छानविनको लागि समिती बनाईएको भनिएको थियो । सेनाले आफु भ्रष्ट्राचार लुकाउन खोजे पनि सेनाका अफिसरहरु भने काफले गरेका गलत कार्य मिलाउन थालेका छन्

मेजर निश्चलजंग रायमाझिले दिएको नदर ४३ लाख यसको उदाहरण हो । उनलाई ५० लाख दिएपछी न्युज २४ मा नजान र अब सबै रकम पाएको कागजमा हस्ताक्षर गर्न लगाइयो । नेपाली सेनाको खाताबाट पहिलेनै भुतmानी भएको पैसा हामीले रिपोटीङ पछि व्यक्तिगत रुपमा एउटा क्याफेमा बुझाएका छन् । यसले के प्रष्ट हुन्छ भने नेपाली सेनाका अधिकृतहरुले ठेकेदारले पाउनु पर्ने सबै पैसा आफ्नो खातामा राखेका रहेछन् । निश्चयजंग रायमाझीले अहिले आधा पैसा त दिए तर दुर्गालाल तण्डुकारले तिर्नुपर्ने सबै मानिसले उनलाई चौतर्फी घेरीरहेका छन् । तर पैसा तिर्न पुगेन र झन समस्या थपीयो । मेजर रायमाझीले अझै २१ लाख दिनुछ तण्डुकारलाई ! आफुले पैसा नपाएर आजित बनेका तण्डुकार केही सिप नलागेपछि तत्कालिन प्रधानसेनापतिकोमा पुगे र आफ्नो भुक्तानीका लागि उन्को तोक लगाए । तर सेनापतिको तोक लगाएका कारण उन्ले यति ठुलो मुल्य चुकाउनु प¥यो ।

सेनापतिबाट तोक लागाएको भन्दै मेजर रायमाझीले घिन लाग्दा शब्दहरु प्रयोग गरि गालि गलौच गर्दै आफ्नो पैसा उठाएर देखाउन भनि चुनौति दिएका थिए । यो सुन्नुहोस् । नगरकोटको काममा भएको भ्रष्ट्राचारको पैसा आउन थालेपछि छाउनी अस्पतालको ६० लाख पैसा पनि आउनेमा पीडितहरु आसावादी बनेका छन् । सेनाले सम्बन्धीत सबै मानीसलाई बोलाएर छलपल तथा अनुशन्धान भैरहेपनि पुर्व जर्नेल नरेश बस्नेत भने अनुसन्धानमै आएका छैनन् । सेनाले आफु भित्र भएको भ्रष्ट्राचारको कसरी छानविन गर्छ त्यो भने हेर्न बांकी छ । 

- साभार : सिधा कुरा जनतासंग   बाट   

Must View