नागरिक पोष्ट News


युवतीको चुल्ठो काटिने घटनाको वास्तविकता यस्तो, हल्लाको पछि नलाग्न चिकित्सकको आग्रह

3.4K
 युवतीको चुल्ठो काटिएका अफवाह भारतमा फैलिएको छ,  र  नेपालका केही जिल्ला रुपन्देही, कपिलवस्तु बिराटनगरमा एक पछि अर्को रुपमा फैलिएको छ । यस हल्लाबाट युवतीहरु आतंकित बनेका छन् । आखिर यो घटना हल्ला अथवा अफवाह मात्र हो की वास्तविकता   हो । यस बारेमा घटनाको वास्तविकता कतैबाट पुष्टि हुन सकेको छैन । तर पनि चिकित्सकले भने यस्तो हल्लाको पछि नलाग्न आग्रह गरेका छन् । रूपन्देहीको सिद्धार्थनगर नगरपालिकाकी ३५ वर्षीया सुनिता (परिवर्तित नाम)को चुल्ठो बिहीबार बिहान काटिएको छ । सोही नगरपालिकाकी अर्की ३२ वर्षीया युवतीको टाउको पछाडिको भागमा केही भागको कपाल पूरै काटिएको थियो । यस्तो घटनाबाट रूपन्देहीमा १५ जनाभन्दा बढी महिला पीडित बनेका छन् । रूपन्देहीमा मात्रै नभई कपिलवस्तुमा पनि यस्ता घटना बढ्दै गएका छन् । उनीहरूको कपाल कैँचीले काटिएको जस्तो देखिन्छ । तर, कसरी र कसले काटिदियो भन्ने खुलेको छैन । 

भारतमा पनि महिलाको कपाल काटिने घटनाले आतङ्क नै मच्चाएको छ । भारतको हरियाणा र राजस्थान राज्यमा ५० जनाभन्दा बढी महिलाको कपाल काटिएको खबर बाहिर आएको छ ।  

रूपन्देहीका प्रहरी प्रमुख श्याम ज्ञवालीले महिलाको कपाल कीराले काटेको बताउँदै कपाल काट्ने कीरालाई कपाल काट्दै गरेको बेला नियन्त्रणमा लिएको दाबी गरे । प्रहरीले बेथरीबाट उक्त कीरा समातेको बताएको छ ।

प्रहरीले यस्ता घटनामा घरकै कुनै सदस्य या महिलाको हात हुनसक्ने अनुमान गरिरहेको छ । महिला आफैंले आफ्नो कपाल काट्ने काम गरेर आतङ्क सिर्जना गरेको हुनसक्ने अनुमान गरिए पनि त्यसको पुष्टि हुन सकेको छैन । अहिलेसम्म कपाल काटिएका महिलाको कपाल घरभित्रै काटिएको पाइएको छ । कपाल काटिएर उपचार गर्न आएकामध्ये केही महिला दुईतीन दिनको अन्तरालमा दोहोरिएर आएको चिकित्सकले जनाएका छन् ।

Image result for चुल्ठो काटिने समस्या

युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल भैरहवाका मानसिक रोग विशेषज्ञ डा. सञ्जीव रञ्जनले मास हिस्टेरिया नामक रोगका कारण यस्ता घटना बाहिर आएको बताउँछन् । चिकित्सकले हाउगुजीको पछि नलागी नडराईकन बस्न पनि सुझाएका छन् ।

Must View