नागरिक पोष्ट News


सलुट छ,विद्यार्थी नेतृ उर्मिलाको समाजसेवी हातलाई,जसले बालिकालाई निःशुल्क पढाइदिने घोषणा गरिन्

11.3K
 विद्यार्थी नेतृ उर्मिलाले आफ्नो जन्म दिनको अवसरमा बाढीबाट अबिभाबक गुमाएकी बालिकालाई १२ कक्षा सम्म पढाइदिने महान् सामाजिक कामको घोषणा गरेकी छन् । सलुट छ उर्मिलाको विद्यार्थी नेतृ उर्मिला समाजसेवी हाातलाई   आफनो जन्म दिनको अवसरमा  नेपाल विद्यार्थी संघकी उपाध्यक्ष उर्मिला थपलियाले रौतहटमा बाढीबाट परिवारका सबै सदस्य गुमाएकी ४ बर्षिय बालीका जानवी कुमारी यादबलाई १२ कक्षा सम्म पढाइदिने घोषणा गरेकी छिन् ।  जानवीकी आमा प्रमिला यादबलाई सुत्केरी गराउन एम्बुलेन्समा राखेर अस्पताल लैजने क्रममा अचानक बाढी आँउदा उनका बुबा चन्द्र किसोर यादब समेत बाढीले बगाएर मृत्यु भएको थियो ।  नेपाली काँग्रेस रौटहट जिल्ला कार्यसमितिका सदस्य सुमन गौतमले बाढीले बगाएर परिवार गुमाएकी बालिकाको बारेमा जानकारी गराएपछि उर्मिलाले आफनो जन्मदिनको अवसरमा उक्त बालीकालाई पढाइदिने निर्णयमा पुगेकी हुन् । आफनो जन्म दिनको अवसरमा श्रीमान मोहन समेतको सहयोगमा बालीकालाई १२ कक्षा सम्म पढाउने निर्णयमा पुगेको उर्मिलाले   बताइन् ।  उर्मिला थपलिया विद्यार्थी आन्दोलनको एउटा धरोहर हुन् । शाही सासनको बिरुद्धमा आन्दोलनमा उत्रिएकी उर्मिलालाई प्रहरीले र्निमम प्रहार गरेर टाउको समेत फुटाइदिएको थियो । उर्मिला लामो समय अस्पताल बसेर उपचार पछि पुन राजनीतिमा सक्रिय भएकी थिइन् । 

Must View