नागरिक पोष्ट News


जनताको सीधा प्रश्न : शेषमती जरंखु सडकको यो अवस्था किन देख्दैनन् मेयर र सरोकारवालाहरुले

19.4K
 शेषमती जरंखु सडकको हरिविजोगले मेयरको 

क्षमतामा प्रश्न खडा गर्दैछ.......... ।

नगरपालिकामा मेयर उपमेयर र विभिन्न वडाका वडा अध्यक्ष र सदस्यहरुले गत जेठ ८ गते शपथ ग्रहण गरेका हुन् ।  भदौ ८ गते सम्म गन्दा ठीक तीन महिना पुग्दै छ शपथ ग्रहण गरेको । यो तीन महिना नया जनप्रतिनिधीहरु कार्यक्रममा बधाई ग्रहण र विभिन्न कार्यक्रमको प्रमुख अतिथि, विशेष अतिथि र अतिथी बन्दैमा गएको छ ।  खासै देखिने काम भने भएको छैन् । नगरबासीले देखिने कामको अपेक्षा गरिरहेका छन् । तारकेश्वर नगरपालिकामा स्थानीय तहको निर्वाचनबाट कुल निर्वाचित ५७ जनामा ५४ जना नेकपा एमाले बाटै जनप्रतिनिधीहरु रहेका छन् । तर यीनै ५४ जना नेकपा एमालेबाट निर्वाचित नयाँ जनप्रतिनिधी र ३ जना नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिहरुको ३ महिना भरि ग्रहण गरेको सम्मान र ईज्जतलाई शेषमती जरंखु सडकले वर्षायाममा भेलसँगै बगाउँदै लगेको छ । हाम्रो तारकेश्वर राम्रो तारकेश्वर को फोटो। शेषमती जरंखु सडक खण्ड चुनावी समययता निमार्०ाधीन अवस्थामा छ ।  यो सडक नगरको वजेटले निर्माण भएको पक्कै पनि होईन । यो खण्ड जिल्ला स्तरीय सडको रुपमा रहेको हुदा जिल्ला र केन्द्रले निर्माण गर्दै आएको छ । जसमा नगरले पुननिर्माण र टालटुलको सम्म काम गर्ने गरेको छ । दिनको न्यूनतम २ पटक नगरपालिका मेयर सवार हुने सडकको यो दुराअवस्था आउँनुमा को दोषी छन् । त्यो खोजनीतिको विषय हो । निर्माण कार्यमा आफनो अधिार क्षेत्रमा नपरेपनि अनुगमनको पाटो सम्म दरिलो तवरले हुनुपर्ने हो तर त्यो हुन सकेन् ,कि यसमा पनि मिलोमतो नै पो छकि भन्ने कुरा सोच्न बाध्य भएका छन् नगरबासीहरु । १७ करोडको बजेटलेकरिडोरको अवधारणा अनुसार खोलाको साईटमा वाल निर्माण त भयो तर बाटोको हरिविजोग अवस्थाले जनपैतिनिधी हरु जसमा पनि मेयरलाई गाली गर्ने राम्रो माध्यम बन्दै गएको छ शेषमती जरंखु सडक खण्ड ।  यसैले समयमा नै यो समस्याको सम्बोधन नगर्ने हो भने अहिलेको नगरप्रमुखको असफल हुने बाटो यहिबाट नै सुरुवात नहोला भन्न सकिन्न । मेयर सावलाई चुनावमा सहयोग गरेन, बजेट हाल्नु हुन्न भनी कानेखुसी गर्दै चाप्लुसी गर्नेहरुले यो कुरा पनि फुकिदिदाँ सबै को हित हुने थिायो । सबैलाई जानकारी भया ।

हाम्रो तारकेश्वर राम्रो तारकेश्वर

Must View