नागरिक पोष्ट News


पत्रकार महासंघको अध्यक्षमा गोविन्द आचार्य बिजयी, अरु कस कस्ले जिते ? नामावलीसहित

4.7K
  नेपाल पत्रकार महासंघको अध्यक्षमा प्रेस युनियन–प्रेस सेन्टर लगायतको प्यानलका उम्मेदवार गोविन्द आचार्य बिजयी भएका छन् । अध्यक्षका प्रत्यासी प्रेस चौतारी–प्रेस सोसाइटीका तर्फका उम्मेदवार तिर्थ कोइरालालाई ९० भन्दा बढी मत अन्तरले पछि पादै आचार्य बिजयी भएका हुन । त्यस्तै उपाध्यक्षमा बिपुल पोख्रेल, उपाध्यक्ष समावेशीमा दिलिप थापामगर, महासचिबमा रमेश बिष्ट, सचिबमा रामप्रसाद दाहाल, सचिब महिलामा लक्ष्मी पुन, सचिब आदीवासी जनजातीमा उदय जिएम, सचिब मधेशमा शीतलप्रसाद महतो, सचिब दलितमा रेमबहादुर विश्वकर्मा, सचिब एशोसिएटमा प्रकाश थापा, कोषाध्यक्षमा राजेश मिश्र बिजयी भएका छन् । बिजयी सवै गोविन्द आचार्य प्यानलका उम्मेदवारहरु हुन् ।  त्यस्तै आचार्यकै प्यानलबाट दलित तर्फ गोपाल बराइली, सुर्य विक, आदिवासी जनजाती तर्फ राजेश चाम्लिीङ राई, मभेश तर्फ अबधेश झा, सुरेश कुमार यादब, अपांगता तर्फ माधव चम्लागाँई, अल्पसंख्यक तर्फ मोहमद इजहारुल हक मिकरानी बिजयी भएका हुन् । त्यस्तै लेखा समितिसंयोजक रोशन पुरी, सदस्य भुपेन्द्र आचार्य र मिराराज भण्डारी बिजयी भएका छन् । बिजयको औपचारी घोषणा गर्ने तयारी भइरहेको छ ।  काठमाडौं उपत्यकाबाट केन्द्रीय सदस्यमा लेखनाथ न्यौपाने र गोविन्द चौलागाँई बिजयी भएका छन् । न्यौपाने प्रेस युनियन–प्रेस सेन्टर प्यानल तथा चौलागाँई प्रेस चौतारी–प्रेस सोसाइटीको प्यानलबाट बिजयी भएका हुन् । त्यस्तै प्रतिष्ठान शाखाबाट आचार्य नेतृत्वका प्यानलबाट यम बिरही र टिकाराम प्रधान बिजयी भएका छन् ।  कुन प्रदेशबाट को को भए बिजयी ? त्यस्तै प्रदेश नम्बर १ बाट सटेन्द्र जबेगु र उद्धब तिमिल्सीना बिजयी भएका छन् । जबेगु कोइराला प्यानल र तिमिल्सीना आचार्य प्यानलबाट बिजयी भएका हुन् ।  प्रदेश नम्बर २ बाट देवकुमार यादब र शैलेन्द्र झा बिजयी भएका छन् । बिजयी दुवै युनियन–प्रेस सेन्टर नेतृत्वको गोविन्द आचार्यको प्यानलबाट बिजयी भएका हुन् ।  प्रदेश नम्बर ३ बाट कृष्ण गिरी र द्धारीका काफले बिजयी भएका छन् । बिजयी दुवै कोइराला नेतृत्वको प्यानलका सदस्य हुन् ।   त्यस्तै प्रदेश नम्बर ४ बाट आचार्य र कोइराको प्यानलबाट एक एक जनाले बिजयी भएका छन् । आचार्य नेतृत्वको प्यानलबाट नविन कुईकेल र कोइराला नेतृत्वको प्यानलबाट रामकृष्ण ज्ञवाली बिजयी भएका छन् ।  त्यस्तै प्रदेश नम्बर ५ बाट आचार्य नेतृत्वको प्यानलबाट बसन्त गिरी र पुरुसोत्तम सुवेदी बिजयी भएका छन् ।  प्रदेश नम्मबर ६ बाट गोविन्द आचार्य नेतृत्वको प्रेस युनियन–प्रेस सेन्टर नेतृत्वको प्यानलका दुवै उम्मेदवार बिजयी भएका छन् । प्रदेश ६ बाट कलेन्द्र सेजुवाल ४६ र पुर्णप्रसाद चौलागाँई ५३ मत सहित बिजयी भएका हुन् । उनिहरुको प्रतिष्पर्धी जीवन सैजुवाल २५ र बिष्णु शर्माले २९ मत ल्याए । त्यस्तै प्रदेश नम्बर ७ बाट पनि आचार्य नेतृत्वको प्यानलबाट सदस्यमा मिन बम बिजयी भएका छन् भने श्याम दत्त भट्ट र तिर्थ कोइराला नेतृत्वका उत्तर बिस्टले समान ४५/४५ मत ल्याएरका छन् ।  No automatic alt text available. No automatic alt text available. - Source : रबिन थपलिया/Sagarmathapost.com   

Must View