संविधान संशोधन विधेयक फेल, प्रदेश र संसदको चुनाव मंसिर १० मै हुने
3.8K
प्रदेशहरुको सीमांकन हेरफेरबारे सिफारिस गर्न संघीय आयोग गठन गर्ने गरी सरकारले ल्याएको संविधान संशोधन विधेयक फेल भएको छ ।
मतदानका समयमा संसदमा ५५३ सांसद उपस्थित थिए । उनीहरु मध्ये ३४७ ले संशोधन विधेयकको पक्षमा मतदान गरेका छन् भने विपक्षमा २०६ मत खसेको थियो ।
संसदमा हाल ५९२ सांसद छन्, जसको दुई तिहाई ३९५ हुन्छ । तर, सोमबारको मतदानमा संशोधनको पक्षमा ३४७ मत मात्र खसेपछि सभामुख ओनसरी घर्ती मगरले संशोधन विधेयक अस्वीकृत भएको घोषणा गरिन् ।
प्रदेश र संसदको चुनाव १० मंसिरमा
सरकारले प्रदेशसभा र संघीय संसदको चुनाव आगामी १० मंसिरमा गर्ने निर्णय गरेको छ । निर्वाचन आयोगले दुई चरणमा चुनाव गर्ने गरी ४ र २१ मंसिरको मिति प्रस्ताव गरेको थियो । प्रमुख दलहरुको सुझावमा सरकारले एकै चरणमा चुनाव गर्ने निर्णय गरेको हो । प्रमुख प्रतिपक्षी एमालेले निर्वाचन मिति घोषणा हुनुलाई स्वागतयोग्य कदम बताएको छ ।
चुनावको मिति घोषणा भए पनि राष्ट्रियसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनसम्बन्धी विधेयक अझै संसदमा बिचाराधीन छ । आयोगले यो विधेयक छिटो पारित गर्न ताकेता गर्दै आएको छ तर राज्यव्यवस्था समितिमै अड्किएको छ ।