नागरिक पोष्ट News


अहिले मसाज सेन्टरमा सबथोक हुन्छ, ‘ह्याप्पी इन्डिङ’ मसाज सेन्टर

7.4K
मोडलिङमा आधारित तस्बिर   अनिल यादव ले तयार पारेको रिपोर्ट  मसाज सेन्टरमा तेलमालिस त बहाना मात्र हो, मसाजकर्ताको ध्येय अर्कैतिर छ । त्यो हो, ‘ह्याप्पी इन्डिङ’ अर्थात् मसाज सेन्टरमा हुने स्खलन । जतिसुकै अनुशासनमा राख्न खोजे पनि ग्राहकको मागका कारण मसाज र स्पामा हिजोआज ‘ह्याप्पी इन्डिङ’को चलन बढ्दो छ  मसाज सेन्टरमा ‘ह्याप्पी इन्डिङ

 

मसाज र स्पाको आवरणमा त्यहाँ अश्लील क्रियाकलापले पनि फड्को मारिरहेको छ ।  तेल मालिस त बहाना मात्रै रहेछ, त्यहाँ पाइने ‘अरुखाले’ सेवाले पनि ग्राहक पल्काइरहेको छ । मसाज सेन्टरतिर पछिल्लो समय पुरुषको गोप्य अंगमा पनि मसाज गरिदिने प्रचलन बढेको छ । ‘यो त मसाजको पार्ट नै भइसक्यो,’ सागरले भने, ‘१२ सय रुपैयाँमा मसाज पनि हुन्छ, ह्याप्पी इन्डिङ पनि हुन्छ ।’

‘ह्याप्पी इन्डिङ त हो नि,’ छानीछानी मसाज सेन्टर र स्पा धाउने ठमेलका एक व्यवसायी सागर श्रेष्ठ (नाम परिवर्तन)ले भने, ‘अहिले स्ट्यान्डर्ड भनिएका स्पामा पनि पूरै मसाज हुन्छ । पूरै भन्नाले माथिदेखि तलसम्म । लास्टमा हस्तमैथुन गरेर ग्राहकलाई ह्याप्पी बनाइदिन्छन् । त्यसकै मज्जा लिन यहाँ मान्छेहरुको भिड लाग्छ ।’ 

सिधा ‘सेक्स डिल’

ब्यानरमा प्रस्ट लेखिएको हुन्छ– मसाज सेन्टर, पार्लर अथवा स्पा । सोमबार ठमेलका केही मसाज सेन्टर पुग्दा भित्र सिधै ‘सेक्स डिल’ हुने गरेको पाइयो । ठमेलको एटलान्टिक बडी केयर स्पाको चिटिक्क परेको ब्यानर देखेपछि हामी माथि पुग्यौँ । ब्यानरमा स्टिम बाथको सुविधा पनि लेखिएको थियो । माथि उक्लिएपछि काउन्टरमा एक महिला चुरोटको सर्कोमा मग्न थिइन् । ‘अहिले त दुवैजना बिजी छन्, एकछिन पछि आउनुन ल,’ उनले सुरुमै भनिन् । के–के छ त सर्भिस ? भन्ने प्रश्नमा उनले सिधा जवाफ दिइन्, ‘सबथोक हुन्छ । बस्ने हो भने थप हजार रुपैयाँ दिनुपर्छ ।’

मोडलिङमा आधारित तस्बिर  बाध्यताले मसाजसम्म मसाज सेन्टर र स्पामा काम गर्ने अधिकांश कर्मचारीको आ–आफ्नै बाध्यता हुन्छन् । कसैलाई श्रीमानले छाडेको, आर्थिक अवस्था कमजोर लगायतका कारणले उनीहरुलाई मसाज सेन्टरसम्म अश्लील काम गर्न बाध्य बनाउने गरेको रिर्पोटिङका क्रममा खुल्यो । ‘हामीलाई त ग्राहकले नै जथाभावी मसाज गर्न लगाउँछन्,’ एक मसाज सेन्टरमा कार्यरत अनिसाले भनिन्, ‘ग्राहकले नै बानी पारेका हुन् । ८–१० हजार तलबले मात्र पुग्दैन । त्यसैले टिप्सका लागि पनि उनीहरुले भनेको मान्नुपर्ने हुन्छ ।’ महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेका  डिएसपी डिएसपी सोमेन्द्रसिंह राठौर, पनि मसाज सेन्टरबाट पक्राउ पर्ने महिलाहरुलाई कारवाही गर्न नै अप्ठेरो हुने बताउँछन् । ‘कसैको दुई महिनाको बच्चा हुन्छ, कसैको १० महिनाको,’ उनले भने, ‘सबैका आ–आफ्ना दर्दनाक बाध्यता हुन्छन् । त्यसैले उनीहरुलाई नैतिक र सामाजिक दबाबका कारण पनि धेरैबेर थुनामा राख्न सकिँदैन ।’

मेरो क्षेत्रमा ५२ वटा मसाज सेन्टर र स्पाहरु थिए । मसाज सेन्टरमा अनैतिक क्रियाकलाप नहुने होइन, हुन्छ । छापा मारेको केही दिन बन्द गरेजस्तो गर्छन्, फेरि सुरु गरिहाल्दारहेछन् । प्रहरी एक्लै मात्र छापा मार्न जाँदा महिनावारी उठाउन आयो, हप्तावारी उठाउन आयो भन्ने आरोप लगाउने गर्छन् । त्यसैले हामीले नागरिक समाज, ठमेल पर्यटन परिषद्, मसाज व्यवसायी संघ सबैसँगको सहकार्यमा अनुगमन टोली बनाएर छापा मार्ने गर्छौं । अनैतिक काम गर्दैगरेको अवस्थामा पनि भेटेका छौँ । त्यस्तालाई समातेर पनि ल्याएका छौँ । अनुगमनका क्रममा कन्डमका खोल भेटिन्छन् । मसाज सेन्टरमा कन्डमको के काम ? त्यसले पनि अश्लील धन्दा हुन्छ भन्ने प्रमाणित गर्छ । 

- साभार :  नागरिक शुक्रबार विशेषांकबाट/ Nagariknews.com (तस्बिर : रुकेश श्रेष्ठ / मोडल : कुसुम हुमागाइँ र शान्ताकरम् थापा)

Must View