नागरिक पोष्ट News


प्रहरी इन्काउन्टर तर प्रविणका बाबु भन्छन,सुध्रिसकेको छोरोलाई प्रहरीले गोलि हान्यो (भिडियो)

4.4K

प्रवीण खत्रीको मृत्युभएसगै प्रहरी इन्काउन्टरमा मृत्यु हुने अपराधीको संख्या तीन पुगेको छ । यसअघि २०७१ साउन २२ मा प्रहरीसँगको भिडन्तमा गुण्डा नाइके भनेर चिनिने दिनेश अधिकारी चरीको मृत्यु भएको थियो ।त्यसपछि २०७२ भदौ ३ गते गुन्डा नाइके कुमार श्रेष्ठ ‘घैंटे’ प्रहरी भिडन्तमा मारिएका थिए । संयोग होकी प्लानिगं तीनैजना साउन र भदौ महिनामा प्रहरी इन्काउन्टरमा मारिएका छन् ।

  २०७४ साउन २३ गते ललितपुरको कुसुन्तीमा प्रहरी ‘इन्काउन्टर’मा  परी प्रविण खत्रीको मृतयु भयो । यस घटनालाई सञ्चारमाध्यमहरुले प्राथमिकताकासाथ समाचार सम्प्रेषण गरे । महानगरीय अपराध महाशाखाका प्रमुख दिनेश अमात्यका अनुसार प्रविण लागू औषध कारोबार गर्ने व्यक्तिको सूचीमा पहिलेदेखि थिए । लागू औषध सेवनकर्ता, कारोबारी र डनको पृष्ठभूमि प्रविणको रहेको प्रहरीको विशेष अनुसन्धानले जनाएको छ ।  लागूऔषधको कारोबारमा संलग्न रहेका खत्रीसँग हतियार रहेको सुराकीका आधारमा महानगरीय अपराध महाशाखाको टोली उनको घरमा पुगेको थियो । प्रहरीलाई गोली हान्दै छतबाट हाम फालेर भाग्न खोज्ने क्रममा उनीमाथि प्रहरीले गोली प्रहार गरेको हो प्रहरीले उपचारको क्रममा मृत्यु भएको बताएपनि घटनास्थलमै उनको मृत्यु भएको स्थानीयले जानकारी दिएका छन् ।  प्रहरीले इन्काउन्टरमा लागू औषधको ठूलै काराबारी डन प्रविण खत्री मारिएको जनाएको छ तर प्रविणका बाबु भन्छन, सुध्रिसकेको मेरो छोरोलाई प्रहरीले गोलि हानी कौशीबाटै ढलायो म माथि अन्याय भयो ।   पक्राउ गर्न गएको प्रहरी टोलीलाई आक्रमण गरेपछि जवाफी फायरीङमा उनको मृत्यु भएको अपराध महाशाखाका एसएसपी दिनेश अमात्यले बताएका छन् । प्रवीणका बाबुको आक्रोश मेरो सुध्रिसकेको छोरालाई प्रहरी गोली हानी कौशिबाट ढाल्यो, संसारमा अपराध गर्नेहरूलाई कानुन अनुरुप सजाय दिइन्छ, तर यो कुन सजाय हो? सिधा गोली हानेर मान्छे मार्ने?

Must View