नागरिक पोष्ट News


माओवादी केन्द्र - नुवाकोट शिवपुरी, काठमाडौं संघिय जनसम्पर्क मञ्चको पहिलो भेला सम्पन्न

7.9K
नुवाकोट–काठमाडौं जनसम्पर्क मञ्च अन्तर्गतको शिवपुरी–काठमाडौं संघिय जनसम्पर्क मञ्चको पहिलो भेला मञ्चकी उपाध्यक्ष शुसिला थापा थपलियाको सभापतित्वमा मिति २०७४ साल साउन २१ गते शनिबार काठमाडौको सामाशुखीमा भव्यतापूर्वक सम्पन्न भएको छ । बिरबहादुरको अध्यक्षतामा ४९ सदस्यीय कार्यसमिति गठन सम्पन्न भेलामा प्रमुख अतिथि माओवादी केन्द्रका पुर्व संसद झक्कुप्रसाद सुवेदी रहेका थिए । कार्यक्रममा पुर्व मन्त्रीद्धय हितबहादुर तामाङ, र राधीका तामाङ, पुर्व संसदहरु राममाया बोगटी र बिमला सुवेदी, माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिका सदस्य तोयानाथ थपलिया लगायतले अधिवेशनको सफलताको सुभकामना व्यक्त गरेका थिए ।  सम्पन्न भेलाले बिर बहादुर तामाङको अध्यक्षतामा ४९ सदसीय कार्यसमिति चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षहरुमा प्रदीप थापा, रामकुमार बिक, बलबहादुर तामाङ, सचिबमा श्याम प्रसाद पाण्डे, सहसचिबमा शंकर कार्की, कोषाध्यक्षमा मिरा तामाङ चयन भएका छन् ।   नुवाकोटको किस्पाङ र मेघाङ काठमाडौं संघिय जनसम्पर्क मञ्चको पनि पहिलो अधिवेशन सम्पन्न    Shyam Pandey को फोटो।  

काठमाडौं जनसम्पर्क मञ्च अन्तर्गतको किस्पाङ र मेघाङ संघिय जनसम्पर्क मञ्चको सम्पन्न भेलाले किस्पाङ र मेघाङ गाँउपालीकाको नयाँ कार्यसमिति चयन समेत गरेको छ । किस्पाङ संघिय जनसम्पर्क मञ्चको अध्यक्षमा सुमन लामा, उपाध्यक्षहरुमा उर्गेन तामाङ, धन बा तामाङ र दिनेश भट्टराई, सचिबमा बिनोद न्यौपाने, सहसचिबमा कृष्ण बा तामाङ, कोषाध्यक्षमा भिने घले सहित ३५ सदसीय कार्यसमिति चयन गरिएको छ । भेलाले किस्पाङको ५ वटै वडाको संयोजक समेत चयन गरेको छ । वडा नं १ भाल्चेको संयोजकमा पुर्ण बहादुर तामाङ, वडा नं २ फिकुरीको संयोजकमा दिपक राज भट्ट, वडा नं ३ काउलेको संयोजकमा बद्रीकुमार पौडेल, वडा नं ४ साल्मेको संयोजकमा उर्गेन तामाङ र वडा नं ५ मनकामनाको संयोजकमा दिनेश भट्टराई चयन गरिएको नुवाकोट काठमाडौं संघिय जनसम्पर्क मञ्चका कोषाध्यक्ष बिनोद न्यौपानेले जानकारी दिए । 

Must View