नागरिक पोष्ट News


७० एसपीको सरुवा कहाँ कहाँ ? (सूचिसहित) महिला हिंसा रोक्न प्रहरीको ‘सेफ्टी पिन’ अभियान

6K
 प्रहरी प्रधान कार्यालयले २०७४/०७५ आर्थिक वर्षका लागि ७० जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ । केन्द्रीय अनुसन्धान व्यूरोका एसपी मीरा चौधरीलाई जिल्ला प्रहरी कार्यालय धनुषा सरुवा गरिएको छ भने अपराध महाशाखामा रहेका प्रकाशजंग कार्कीलाई प्रहरी प्रधान कार्यालयको इन्टरपोल शाखामा सरुवा गरिएको छ ।

काठमाडौं प्रहरी परिसरका प्रद्युम्न कुमार कार्कीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा सरुवा गरिएको छ ।

हेर्नुस् सूची

 

महिला हिंसा रोक्न प्रहरीको ‘सेफ्टी पिन’ अभियान सार्वजनिक सवारीसाधनमा महिलाहरुमाथि हुने यौनजन्य हिंसा रोक्न प्रहरीले ‘सेफ्टी पिन’ अभियान सञ्चालन गर्ने भएको छ । अभियान अन्तर्गत महानगरमा सार्वजनिक सवारीसाधनमा महिलामाथि हुने यौनजन्य हिंसा रोक्न जनचेतनामूलक कार्यक्रमसँगै ‘स्टिङ अप्रेसन’ गरिने डीआईजी बमबहादुर भण्डारीले बताए । महिलामाथि हुने यौन हिंसा रोक्न सार्वजनिक यातायातमा तीन जनाको टोली नै खटाइने योजना प्रहरीको छ । ‘हामीले स्टिङ अप्रेसनका लागि तीन जनाको टोली बनाएका छौं,’ उनले भने, ‘त्यो टोली सवारी साधनमै हुन्छ, हिंसा गरेको पाइए त्यहीबाट कारबाही सुरु हुन्छ ।’ सेफ्टी पिन’ अभियानका लागि प्रहरीले यातायात व्यवसायी महासंघ, यातायात व्यवसायी संघ, बागमती अञ्चल समिति र सामुदायिक सेवा उपत्यका समन्वय परिषद् र सामुदायिक सेवा केन्द्रहरुसँग समेत समन्वयन गरेको छ ।

Must View