नागरिक पोष्ट News


बिद्युत महुशलमा भारी वृद्धि हुर्दै , बिद्युत कम खपात गर्ने ग्राहकलाई भने सहुलियत हुने

3.2K
नेपाल विद्युत प्राधिकरणले विद्युत महसुलमा भारी बृद्धि गर्ने नयाँ प्रस्ताव विद्युत महशुल निर्धारण आयोगमा पेश पेश गरेको छ ।  यसअघि शून्यदेखि २० युनिटसम्म विद्युत खपत गर्नेले न्यूनतम शुल्क ८० रुपैयाँ तिर्नुपर्ने थियो । यसलाई परिमार्जन गरेर शून्य युनिट खपत गर्नेले न्यूनतम शुल्क ३० रुपैयाँ तिरे पुग्छ । त्यसपछि १० युनिटसम्म प्रतियुनिट ३ रुपैयाँको दरले चार्ज थपिनेछ ।

यसअनुसार १० युनिटसम्म खपत गर्ने उपभोक्ताले न्यूनतम ३० र थप ३० -प्रतियुनिट ३ का दरले) गरी ६० रुपैयाँ तिर्नुपर्ने हुन्छ । यस हिसाबले १० युनिटमात्र खपत गर्ने उपभोक्तालाई २० रुपैयाँ सस्तो पर्नेछ । यद्यपि, यति थोरै खपत गर्ने उपभोक्ता निकै कम हुन्छन् ।

१० युनिटपछि ४० युनिटसम्म प्रतियुनिट ७ रुपैयाँका दरले तिनुपर्छ । जसअनुसार २० युनिट खपत गर्ने उपभोक्ताले १० युनिटसम्मको ६० रुपैयाँ र बाँकी १० युनिटको ७० रुपैयाँ -प्रतियुनिट ७ रुपैयाँ) गरी १३० रुपैयाँ तिर्नेछन् । अब २० युनिट खपत गर्नेलाई पहिलेभन्दा ५० रुपैयाँ बढि पर्न आउँछ । यो भनेको ६२ प्रतिशत वृद्धि हो । त्यस्तै प्राधिकरणले गरेको प्रस्तावमा ४० युनिटदेखि २ सय युनिटसम्म खपत गर्ने ग्राहकको शुल्कमा भने ३० प्रतिशत बृद्धि गर्न माग गरिएको छ । यसैगरी ४ सयभन्दा माथि खपत गर्नेलाई भने २० प्रतिशत मात्रै बृद्धि गर्ने प्रस्ताव गरिएको छ । ठूला उद्योग र सामुदायिक उपभोक्ताको महसुुल पनि २० प्रतिशतसम्म बृद्धि गरिएको छ ।

Must View