सर्वेन्द्र खनाल ट्राफिक जामको चुरो बुझाउन नवनियुक्त यातायात मन्त्रीलाई लिएर सडकमै ओर्लिएपछि
3.2K
उपत्यकाभित्रको ट्राफिक जाम नियन्त्रण गर्न यातायात व्यवसायी, निजी विद्यालय संचालक र सरोकार निकायहरुसँग छलफल गरेर कार्ययोजना अगाडी बढाएकोले ट्राफिक जाम सत् प्रतिशत नियन्त्रणमा आउने ट्राफिक महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले गरे।
यातायात मन्त्री वीरबहादुर बलायरलाई सँगै लिएर महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनाल सडकमै निस्किए । जोरपाटी, बौद्ध, चावहिल, गौशाला, महाराजगंज, गोंगबु र कलंकी लगायतका स्थानको उनीहरुले निरीक्षण गरे । सडक विभाग,मेलम्ची खानेपानी आयोजना, काठमाडौं महानगरका प्रमुखसँग छलफल गरेर खनालले मन्त्री बलायरलाई बोलाएर यातायत र सडकको अवस्थाबारे जानकारी गराएका हुन् ।