सलुट गरौ सुजाता गोलेलाई ! जसले सामाजिक र मानव सभ्यताको गतिलो पाठ राजधानीबासीलाई यसरी सिकाइन्
4.4K
२०७४, श्रावण १०गते सुजाता गोले पानीमा रुझ्दै नयाँबस्तीस्थित कोठामा जाँदै थिइन्। टोलभरीको ढल सडकबाट बगिरहेको थियो । सधै हिड्ने बोटो ढलले जान नसक्ने भएपछि घुमेर बौद्ध गेटमा निस्किन खोजिरहेको थिए । बौद्ध स्तुपा अगाडि पनि ढल थियो । पानी पनि परिरहेको थियो । सजिलो बाटो खोजिरहेको थिएँ । मेरो अगाडि एक जना अपाङ्ग बुबा ह्वीलचेयरमा ढलको पोखरीमा फस्नु भएको देखें । मेरो हातमा बुक थियो । बुक साथीलाई दिएँ । उहाँले सुरुमा आउ आउ भन्नुभयो । सबैले चारैतिरबाट हेरिरहेका थिएँ । उहाँ पानीमा फसेको मैले हेर्नै सकिन । उहाँले मलाई नतान, मैले तिमीलाई आउ भनेको होइन भन्नुभयो । तर, मैले ताने । म चाहिने कुरामा जिद्धि छु । यस्तो पानी परिरहेको छ । तपाईलाई मैले किन तान्ने भनेर सम्झाएँ ।
उहाँ पानीमा फसेको देखेपछि लुगा, जुत्ता पानीले भिज्छ भन्ने लागेन । घरमा एक्स्ट्रा पनि जुत्ता थिएन । घरमा सुकाए । लुगा पनि भिजेको थियो । अर्को लुगा लगाएर भोलीपल्ट विद्यालय आए । जुन काम निरन्तरता दिन्छु पुरा गरेरै छाड्छु । आफू मरेर भएपनि अरुलाई बचाउन चाहन्छु । ढलको पानीले जुत्ता र लुगा भिज्यो । धोएर सफा गर्न सकिन्छ । जो हवीलचियरमा ढलको पानीमा फसेको थियो । बगाउन पनि सक्थ्यो होला । मेरो लुगा फोहोर हुँदैमा मेरो जिन्दगी बर्बाद त हुदैन नि । तर, त्यो मान्छेको एक छिनको कारणले जिन्दगी बर्बाद हुनसक्छ । त्यसैले मैले सहयोग गरेको हु । सुजाता गोलेले भनिन्,अरुको सेवा गर्दा आफू मर्न परेपनि परोस जस्तो लाग्छ । ‘गड’ ले हामीलाई हेल्प गर्नुहुन्छ । विद्यालयमा पढ्दैमा विद्यार्थी भइदैन ।
'स्कूल गएर पढ्दैमा मात्र विद्यार्थी भइदैन' समाचार स्रोत : इकान्तिपुर