नागरिक पोष्ट News


बिष्णुमती सरसफाईको फोहोर बालाजु बसपार्क पुलमुनि किन खन्याइयो, दोषी को ? कारवाहीको चुनौती

8.5K
 सरकारसँग आफैलाई कारवाहीको माग गर्दै अभियन्ता तिलक बस्नेत

क्लीन द सिटी अभियानमा सामाजिक अभियन्ताहरु केही वर्षदेखि जटिरहेको छन् । बाग्मती सरसफाई महाअभियानसँगै विष्णुमति र चक्रपथ सफाई अभियान चलिरहेको छ । विष्णुमती सरसफाईको १५०औं  अभियान २०७४ साउन ७ गते शनिबार उत्साहजनक सहभागीता सकियो । तर एउटा दुःखलाग्दो कुरा सार्वजनिक भएको छ,  सफाईका अभियन्ता तिलक बस्नेतको कुरा सही हो भने सफाइपश्चात संकलन गरिएको फोहोर व्यवस्थापनका लागि टेकु पुर्याउदा प्राइभेट सवारी चालकलाई २ घण्टा कुराएर फिर्ता गरिएको छ । तत् पश्चात सामाजिक अभियन्ताहरुले सरकारलाई कारवाहीको चुनौती दिदै सो फोहर बालाजु नयाँ बसपार्कको पुलमुनि खन्याइदिए । आखिर यसमा दोष कसको, सरकारको, सामाजिक अभियन्ताहरुको यात ती निर्दोष सवारी चालकको । या त समन्वयको कमजोरी हो नागरिकहरुले जान्न चाहिरहेका छन् । आगामी दिनहरुमा यस्तो कमजोरी कसैबाट नहोस् सरोकारवाला निकायको ध्यानाकर्षण होस् । सबैको हराभरा स्वच्छ सफा काठमाडौको चाहना हो, यसका लागि आ आफ्नो तर्फबाट सबैले उत्तरदायित्व वहन गर्न जरुरी छ ।

Tilak Basnet मलाइ कारबाही गर सरकार....  Image may contain: 6 people, people standing       

एउटा दु:खद समाचार आज हुन गएको बिष्णुमति १५०औं हप्तामा निकै उतसाहा जनक काम सफल भयो तर हामिले उठाएको फोहोर प्राइभेट टिप्परमा उठाएर टेकु पठाएका थियौ आज सरकारको काम अभियान्ता ज्यु हरुले गर्दै आउनु भएको छ तर करिब ५ घन्टा सम्म ती बिचारा सहयोग गर्छु भन्दै आयका ती डाइभरलाइ त्यहा फोहोर फाल्न दिएन र करिब २ बजे सम्म बिचल्लीत गाडीलाई उक्त फोहोर बसपार्कको आकासे पुलमै बोलाएर बाटोमै खसाले  म गलत या सरकार वाला  म गलत भए कारर्बाही गरिपाउ

 

Image may contain: 6 people, people standing Image may contain: one or more people, people walking, crowd and outdoor Image may contain: 1 person Image may contain: one or more people and outdoor Image may contain: one or more people and outdoor

 

 

Must View