नागरिक पोष्ट News


लापरवाही कसको ? नारायणको उपचारको क्रममा खुट्टा नै काट्नुपर्यो, के दोषीलाई कारवाही होला ?

4.2K
 काठमाडौँ । नारायण भट्राई यस्ता पिडित हुन् जसले चिकित्सकका कारण आफ्नो खुट्टा गुमाउन पुगेका छन् । सामान्य समस्या बोकेर सुरुमा अस्पताल गएका बाँकेको कोहलपुर १० का ४९ बर्षिय नारायणले खुट्टाको उपचारका लागी वैशाख २९ गते नेपालगञ्ज स्थित माँ जानकी अस्पतालमा भर्ना भए पनि अस्पतालमा कार्यरत चिकित्सक श्यामसुन्दर यादवको लापरवाहीका कारण आफ्नो खुट्टा काट्नुपर्ने अवस्था आएको आरोप लगाएका छन् ।  सामान्य खुट्टा लिएर अस्पताल पुगेका उनलाई सुरुमा यहीँ निको हुन्छ भन्दै राखेको र लामो समयपछि अस्पतालमा उपचार सम्भव् नभएको भन्दै अन्यत्र जान आग्रह गरेपछि आँफु निकै ठूलो मारमा परेको उनको भनाई छ । नारायणको खुट्टा अन्त्यमा काठमाडौँको बि एण्ड बी अस्पतालमा थप उपचार नभएको भन्दै काटिएको पारिवारिक स्रोतले जनाएको छ । पिडित नारायणले आँफुलाई न्याय दिलाईदिन आग्रह समेत गरेका छन् । खुट्टा गुमेपछि नारायणको जिन्दगी चल्दैछ केवल वैशाखीको भरमा । जसलाई उनले कहिले सहज रुपमा लिन नसक्ने बताउँछन् । चिकित्सकको लापरवाहिका कारण नारायणले जिप्रकामा मुद्धा दर्ता गर्दै क्षतीपूर्ती स्वरुप ५० लाख मागे लगत्तै यो घटनामा पनि राजनीति सुरु भएको बताइएको छ ।

Must View