नागरिक पोष्ट News


सांसद भीमसेनदास प्रधानले गरे ढलमा बगेर मृत्यु भएकी बालिकाको नाममा अक्षय कोषको घोषणा

3.8K
 नेपाली कांग्रेसका सांसद भिमसेनदास प्रधानले काठमाडौंको ढलमा बगेर मृत्यु भएकी विनिता फुयाँलको नाममा अक्षयकोष स्थापना गर्ने घोषणा गरेका छन् । पीडित परिवारलाई सरकारले राहत दिनुपर्ने मागसमेत उनले राखेका छन् ।  व्यवस्थापिका संसदको बिहीबारको बैठकको विशेष समयमा बोल्दै काठमाडौं क्षेत्रनम्बर ६ बाट निर्वाचित सांसद प्रधानले फुयालले अध्ययन गरेको विद्यालयमा अक्षयकोष स्थापना गरेर उनलाई जीवन्त बनाइराख्ने बताए । आफ्नो एक महिनाको तलब बराबरको रकमबाट अक्षय कोष स्थापना गर्ने र प्रत्येक वर्ष सो विद्यालयका विद्यार्थीहरुलाई विनिताको नामबाट पुरस्कार प्रदान गर्ने निर्णयमा आफू पुगेको उनले जानकारी दिए । सांसद प्रधानले सडक मर्मतमा ध्यान दिन आफ्नै पार्टी नेतृत्वको सरकारको ध्यानाकर्षणसमेत गराएका छन् । नेपालटारस्थित ढलमा बगेर ७ वर्षीया बालिका विनिता फुयालको २०७४ असार ३० गते शुक्रबार मृत्यु भएको थियो । उनी युरेका माविमा अध्ययनरत थिइन् ।

Must View