आखिर के हाे प्लाष्टिककाे चामल ? (भिडियो हेर्नुस्) अफवाह र भ्रम फैलाउने खेल मात्र
अाज व्यापारिक दृष्टिकोणबाट हेर्दा हामीले महसुस गर्नपर्ने कुरा के हो भने कुनैपनि अपराध तब हुन्छ जब यसका पछाडि अनुचित लाभको सम्भावना रहन्छ। प्लाष्टिकको चामल त्यो पनि ऊपभोक्ताले चामलै सम्झेर खाअोस् र यसमा पैसा बनाऊन सकियोस् भन्ने कुरा हालसम्म लगभग असम्भव नै छ।
यो बास्तवमा यति गाह्रो कुरा हाे कि हालसम्म यसको नजिकसम्म पनि हामी खाध्य वैज्ञानिकहरू पुग्न सकिरहेका छैनौं। हामीले अन्य नयाँ प्रबिधि बिकास गर्न नसक्दासम्म यो यति सजिलै बजारमा बनाएर पुर्याऊन सकिने, र तेसमा पनि नेपाली व्यापारीले मुनाफाको लागि बजारमा ल्याएको भन्ने समाचार चाहिं बकवास नै हो। यदि कहि कतैले हाम्रो जानाकारी बिना तेस्तो प्रविधि नै बिकास गरे हालेछ कि त भनि मान्दा पनि त्यसलाई नेपाली बजारमा चामलका रूपमा पुर्याऊनुमा कुनै अौचित्य पुष्टि गर्न सकिने ‘ईन्सेबटिभ’ वा नाफा कमाऊने प्रयोजन रहेको प्रमाणित गर्न सकिँदैन।
कुनै हावा नचली पात हल्लन्न भन्ने सामाजिक सिद्दान्तलाई हेर्दा यो हल्ला बिश्वमै कसरी चल्यो त भनि हेर्नुपर्ने हुन्छ। विश्वमा विकासको क्रमलाई हेर्दा सन् २०११ मा अतिसेन्सेटिब फुट्ने-टुक्रने सामानहरूको डेलिबरिमा पिनट (प्याकिंङ चिप्स) बनाऊन भनि चीनमा चामलका गेडा जस्तै देखिने प्लाष्टिकका टुक्राहरू बनाईएका थिए। जब त्यो ऊधोग अाफ्नो ऊदेश्यमा सफल भयो, यो प्लान्टको भिडियो यु ट्यूभमा राखियो। जब भिडियो मान्छेले देखे तेसलाई ठट्टा गरेर प्लास्टिकको चामल भनि ठट्टा गरे । कालान्तरमा यसले सर्बसाधरणमा मनोरन्जन दिनका साट्टो ‘अब त चामल पनि प्लाष्टिक कै अाऊन थाल्यो कि के हो ?’ भन्ने भ्रम पो पैदा गरिदियो। बजार हल्ला जे जस्ता भएपनि खाध्य नियन्त्रणमा प्रभावकारी नियन्त्रण गर्ने सरकारी र गैर सरकारी क्षेत्रका विज्ञहरूलाई यो बारे राम्रै अवगत भएकाले खासै चिन्तित बनाएन।
संसारभर व्यवसायमा प्रतिस्पर्धा हुने सामन्य कुरा हो। ति प्रतिस्पर्धाहरू सधै स्वस्थ नरहने हामी सबैलाई अवगत भएकै कुरा हो। यसै सिलसिलामा सन् २०१६ तिर पुग्दा चामल व्यवसायीहरूबीच अान्तरिक अस्वस्थ प्रतिस्पर्धा भएका तथ्यहरू छताछुल्ल भयो । जस्तै स्थानिय बजारमा अर्काको ब्राण्डको चामललाई नराम्रो देखाएर बजार बिगारीदिने सुनियोजित मिसन अन्तर्गत एक ब्राण्डका व्यापारी अर्को ब्राण्डको चामलमा प्लाष्टिक राईस हालिएको छ भन्ने अारोप सहित यु-ट्यूभ भिडियोमार्फत देखिन थाले।
यो अारोप प्रत्यारोपको सृंखला यस्तो चल्यो कि सन् २०१६ मा नाईजेरिया पठाईएको २.५ टन चामल त लिखित ऊजुरीका कारण त्यहाँको सरकारले सिजनै गर्यो । र सत्य तथ्य यकीनका लागि क्यानाडाका हाम्रा क्यानेडियन विज्ञहरू समेत सम्लग्न ल्याबसँग अनुसन्धान गरि राय दिन सहयोग नै माग्यो। यो अचम्मको परिस्थितिमा ल्याबमा सारा टेष्ट र रिभ्यू गरियो। जसबाट यो बास्तबमै अस्वस्थ प्रतिस्पर्धाको लागि गरिएको भ्रम भएको यकिन भयो। यसपछि नाईजेरियाका स्वास्थ्यमन्त्रिले यसको प्रतिकार नै गरे र कुनै भरपर्दो प्रमाण नभएको भनि चामललाई बजार अनुमति दियो। जुन बिबिसिमा समेत समाचार बनि बाहिर अायो । तर बजारमा भने भ्रमपुर्ण समाचारका कारण अाफ्नो खस्केको प्रतिष्ठाले पीडित ब्राण्डले अकल्पनीय क्षति ब्यहोर्नु पर्यो।
यदि तपाईले प्लाष्टिकको चामल भनि यु-ट्यूव भिडियोहरू खोज्नु भयो भने हाल जनमानसमा भ्रम दिलाऊन सक्क्षम थुप्रै भिडियो पाऊनु हुनेछ। जसमा चामललाई पकाएर डल्ला पारिन्छ। त्यो डल्लालाई हातले कसारबाटे जस्तै गरि सानो बल को डल्लो बनाईन्छ। र तेसलाई बल जस्तै गरि ऊफारेर भिडियो खिच्ने गरिन्छ। तेसमा पनि प्रतिस्पर्धिको चामलको बोरा नै देखिने गरि डल्लो बनाएको देखाऊने र भन्ने, ल ! हेर चामल काहाँ यस्तो हुन्छ ? भनि देखाऊने गरिएको रहेछ, जुन सर्बसाधरणलाई हो कि त भन्ने भ्रमदिन येथेष्ट बनेको छ।
हामी सबैलाई थाहा भएकै कुरा हो कि चामल कुनै गुलियो खाले र कुनै कम गुलियो हुने गर्छ। गुलियो चामलमा बढि कार्बोहाईड्रेट हुने र चामलमा केहि प्रोटिन पनि हुन्छ। भात पकाउँदा बढि माड अाऊने चामलमा बढि टाँसिने ( स्टिकि राईस ) जस्तै हाम्रो लट्टे वा चाम्रे खाने अनदिको चामल) स्टार्च हुन्छ। यस्तो चामल पकाऊदा कार्बोहाड्रेट र प्रोटिन (ग्लुटिन) मिलेर मलिकुलर रूपमा प्लाष्टिक जस्तै कम्पाऊन्ड स्टक्चर बनाऊछ। जुन हातले कसार बाटे जस्तै बाटी डल्ला पारी बल बनाईयो भने यो कडा मात्र हुँदैन बल जस्तै ऊफ्रने हुन्छ। जुन बैज्ञानिक रूपमा कुनै अनौठो भएन। न त षोषण तत्वको हिसाबमा हानिकारक नै मानिन्छ। तर अाश्चर्यजनक रूपमा यो प्राकृतिक बास्तबिकतालाई अर्काको चामलको ब्राण्डलाई बदनामी गर्न सकिने खराब टुलको रूपमा सन्सारभर हाल भने दुस्प्रयोग भईरहेको छ।
हुनत यदाकदा ब्यापारिक मुनाफाका लागि जानिजानि चामलमा सेता ढुङ्गा हाल्ने र कालोदालमा काला – खैरा ढुङ्गा र माटाका टुक्रा मिसाऊने अपराध समाजमा देखिएकै हो। कहिक तै तल्लोग्रेडको प्ला्ष्टिकबाट चामल अाकारको प्लाष्टिकको टुक्रा बनाएर मुनाफा कमाऊने नियतले प्लाष्टिकको चामल, चामलमा हालिएको त छैन भनि चेक गर्र्नु नराम्रो होईन। तर ऊक्त चामल ऊक्त अबस्तामा प्लाष्टिकको चामल हैन कि प्लाष्टिक मिसावट भएको चामल गनिने छ ।
जुन फरक सन्दर्भको अबस्था भयो। ऊक्त अबस्थामा पनि चामलमा १% सम्म पनि ऊपभोक्ता लाई झुक्याऊने गरि मिसावट गर्न सकिँदैन। यस अबस्थामा मात्र चामल पकाऊदा अररो वा गिलो वा गलमटे बन्यो भन्ने अाधारलाई अालो काँचो ( प्रिम्याचुयर) तथ्य भनिन्छ। जुन वास्तविकताबाट बहुत टाडा हुने हुँदा यस्ता अारोपमा ब्यापारीलाई थुनिहाल्नुले व्यवसायीमा अराजकता र समाजमा सामाजिक वितिष्णा पैदागर्न सहयोग गर्ने हो कि ? धन्यवाद।
– नारायण घिमिरे क्यानेडियन फुड साईन्टिस, क्यानडा Email: narayanghimire@yahoo.com