२७ वर्षिय आयुसी जसले आइएनजीओको जागिर छोडेर कवाडीवालीको दैनिकी किन रोजिन् ?
‘कवाडवाला लेखेको प्रमाणपत्र घरमा देखाउँदा सबैजना हासेँ,’ उनले सुनाइन्, ‘घरमा हाँसेर त केही थिएन, छरछिमेक वरपरकाले फलानाकी छोरी वा बुहारी बौलाही भन्ने हुन् कि भन्ने डर बढी भयो।’
आइएनजीओको जागिर छाडेर कवाडीवाली! बनिन् आयुसी किन ?यद्यपि आयुसी आफ्नो उद्देश्यमा अडिग रहिन्। उनले वेबसाइट पनि खोलिन्, खाली सिसी डट कम। अनलाइनमै पुनः प्रयोग हुने सामग्रीको अर्डर लिन थालिन्। सम्पर्कमा आएको सामग्री उठाउन उनले 'खाली सिसी, पुराना कागज, फलाम बन्दै' टोलटोलमा साइकल लिएर डुल्ने दाजुभाइको सहयोग लिइन्।
आयुसीको सम्पर्कमा आएको सामान उठाउन जाँदा भने उनीहरूलाई १५ प्रतिशत बढी पर्न जान्छ। उनीहरू जति मूल्य बराबरको सामान उठाउँछन्, त्यसको १५ प्रतिशत आयुसीको कम्पनीलाई दिनुपर्ने हुन्छ।
उठाएको सामान बेच्ने पनि कवाडीमै हो। अहिले कम्पनीले आफ्नै कवाडी सञ्चालन गरेको छैन। सञ्चालन गर्ने योजनाअनुसार अहिले अनुसन्धान भइरहेको आयुसीले बताइन्।
आयुसीको कम्पनीलाई कवाडी सामान दिँदा मूल्य लिएर वा दानस्वरूप पनि दिन सकिन्छ। वेबसाइटमै मूल्य वा दान भनेर खुलाउन मिल्छ। - खिलक बुढाथोकी/Nagariknews.com