यसकारण साउनमा कपाल काट्न हुन्न भन्ने शास्त्रीय मान्यता छ
5.1K
शास्त्रीय मान्यताअनुसार साउनभरि भगवान विष्णु आफ्नो कुटीमा आराम गर्न बस्छन् । उनी आराम गर्न बसेको बेला कपाल काट्न हुँदैन । कपाल काट्ने कार्य शुभकर्म भएकाले पनि भगवान विष्णु सुतेका बेला शुभकर्म गर्न नहुने मान्यता रहेको ज्योतिष गुरु पराचरले बताए । ‘शास्त्रीय परम्पराअनुसार विष्णुको अनुपस्थितिमा कपाल काट्न हुँदैन,’
यो महिनामा विष्णुको भजन, कृतन गर्ने र हरियो लगाउने परम्परा छ, यो महिनामा कपाल काट्दा बिरामी परिन्छ भन्ने परम्परा छ ।’
पौराणिक मान्यताअनुसार कपाल काट्न हुने र नहुने दिन पनि फरक–फरक छन् । आइतबार कपाल खौरिँदा एक महिना आयु घट्न सक्ने, मंगलबार काट्दा आठ महिना आयु घट्ने र शनिबार काट्दा एक वर्ष आयु घट्ने मान्यता छ । त्यस्तै, सोमबार कपाल काट्दा सात महिना आयु बढ्ने, बुधबार पाँच महिना बढ्ने, बिहीबार कपाल काट्दा १० महिना र शुक्रबारः ११ महिना आयु बढ्ने मान्यता रहिआएको ज्योतिष गुरु पराचरले बताए ।