नागरिक पोष्ट News


पानीपरेपछि सडकमा हिड्दा होशियार र सचेत बनौं ! नत्र ढलले बालिकालाई झै यसरी बगाउन के बेर

3.3K
खोलामा बगेकी विजिताको मृत्यु दोषी को सरकार कि ठेकेदार ? घटना २०७४ असार ३० गते शुक्रबारको थियो । शुक्रबार विद्यालयबाट फर्र्किएकी ११ वर्षीया काठमाडौँको तार्केश्वर नगरपालिका वडा नम्बर–११ नेपालटारका राजन फुयालकी ११ वर्षीया छोरी विजितालाई नालीले बगाएर खोलामा पुर्यायो । अन्ततः उनको ज्यानै लियो । । शुक्रबार दिन काठमाडौं उपत्यकामा मुसल्धारे पानी पर्यो । सडकहरु जलमग्न भए । ढल र नालाहरु एकाएक खोलामा परिणत भए । कहीँ सडकमा हिँड्दै गरेका बालबालिका नालामा डुबे त, कतै सावरी साधन ।  

शुक्रबारकै घट्ना हो । सामाखुसी चोकभन्दा २ सय मिटर पर गोंगबु चोकतर्फको साडकमा जमेको पानी परेर खोलो बनेको सडकमा हिँड्दा हिँड्दै एक बालक नालीमा डुबे । स्कुल पोशाकमै नालीमा डुबेका बालकलाई बगाएर केही पर पुर्यायो ।

उनलाई नालीको ढलले बगाएपछि त्यहाँ एकछिन भागदौड मच्चियो । ढलको भेलले बगाएर केही मिटर पर पुर्याएपछि उनलाई तत्कालै गर्न सकिएकाले जीवन बच्यो ।

उनी बगेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । यसले राजधानी सहर काठमाडौँ उपत्यकाको अस्तव्यस्त अवस्था चित्रण गरेको छ ।

त्यस्तै शुक्रबार नै टोखा नगरपालिकास्थित ब्रिलियन चोकमा जमिन भासिएर भ्वाङ परेको ठाउँमा जमेको पानीमा स्कुटी पस्यो । तर नजिकै रहेका अन्य सर्वसाधरणको सहयोगमा चालकले स्कुटी निकाले ।

Must View