सर्वेन्द्र खनाल र रमेश खरेल डिआइजीमा, हुर्नुहोस् ११ एआइजी र १५ डिआईजी को - को भए ?
गृहको सिफारिस सूचीअनुसार डीआईजी बमबहादुर भण्डारी र एसएसपी सर्वेन्द्र खनाल बढुवाको पहिलो नम्बरमा पर्न सफल हुनुभएको छ ।
पूर्ववर्ती सरकारले प्रहरी महानिरीक्षकमा बढुवा गरे पनि सर्वोच्चबाट बदर गरिएका डीआईजी जयबहादुर चन्द सिफारिसको दोस्रो नम्बरमा पर्नुभएको छ । सरकारसँग मुद्दा खेपिरहेका डीआईजी नवराज सिलवाल भने सिफारिसमा पर्नुभएको छैन । प्रहरी मुख्यालयले सार्वजनिक गरेको सूचीअनुसार तेस्रो नम्बरमा डीआईजी देवेन्द्र सुवेदी, चौथोमा पशुपति उपाध्याय, पाँचौंमा केशरीराज घिमिरे, छैटौंमा माधवप्रसाद जोशी, सातौँमा विजयलाल कायस्थ, आठौंमा कमलसिंह बम, नवौंमा मिङ्मार लामा, दसौंमा रणबहादुर चन्द र एघारौंमा विजयकुमार भट्ट हुनुहुन्छ । बढुवा समितिका सदस्यसचिव आईजीपी प्रकाश अर्याल हुनुहुन्छ ।
बढुवा सिफारिस भएकामध्ये डीआईजी भण्डारी आफूलाई एक तह माथि पार्न सफल हुनुभएको छ । एसएसपीबाट बढुवा हुँदा चौथो नम्बरमा रहनुभएका बम चन्दलाई उछिन्दै एक नम्बरमा पर्नुभएको छ । एसएसपीबाट बढुवा हुँदा सात नम्बरमा रहनुभएका मधु पुडासैनी भने सिफारिसमा छुट्नुभएको छ । एसएसपीबाट डीआईजीमा दोस्रोपटक बढुवा हुनुभएका डीआईजी रणबहादुर चन्द सिफारिसमा परे पनि अर्का डीआईजी हेमन्तबहादुर पाल छुट्नुभएको छ ।
वरिष्ठ एसएसपी सर्वेन्द्र खनाल र रमेश खरेल पनि डिआइजीमा बढुवा सिफारिसमागृहको सिफारिसअनुसार १५ जना एसएसपीमध्ये बढुवा सूचीको एक नम्बरमा पर्नुभएका खनालले एसएसपीमा हुँदा एक नम्बरमा रहनुभएका रमेश खरेललाई उछिन्नुभएको हो । खरेललाई समितिले दोस्रो नम्बरमा बढुवा सूचीमा राखेको छ । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको प्राप्तांकअनुसार खनालले ८४.४७३४ र खरेलले ८३.८५१० नम्बर प्राप्त गर्नुभएको छ ।
जसअनुसार खनालले खरेललाई ०.६२२४ नम्बरले उछिन्नुभएको हो । प्रहरी प्रधान कार्यालयका अनुसार बढुवा सूचीमा तेस्रो नम्बरमा पुष्कर कार्की, चौथोमा उत्तम कार्की, पाँचौंमा भोगबहादुर थापा, छैटौंमा पुस्कल रेग्मी, सातौंमा पवन खरेल, आठौंमा छविलाल जोशी, नवौंमा मनोज न्यौपाने, दसौंमा ज्ञानविक्रम शाह, एघारौंमा ठूले राई, बाह्रौंमा शरद चन्द, तेह्रौंमा धिरु बस्नेत, चौधौंमा पुष्पचन्द्र रञ्जित र पन्ध्रौंमा सुरेश विक्रम शाह पर्नुभएको छ ।