नागरिक पोष्ट News


ट्राफिक जरीवना, हेर्नुहोस् कुन गल्तीको कति छ जरीवाना ?

5.7K
सडकमा ट्राफिक नियम पालना गरौं  ट्राफिक प्रहरी महाशाखाका अनुसार दैनिक २ हजारभन्दा बढी चालक कारबाहीमा पर्ने गरेका छन्। पहिला न्युनतम ५० रुपैयाँ ट्राफिक जरिवाना थियो भने बढीमा एक हजारसम्म। तर, नयाँ नियम अनुसार न्युनतम ५ सय र बढीमा १५ सयसम्म जरिवाना तोकिएको छ।

५०० जरिवाना हुने कसुरहरू

१ तोकिएको भन्दा बढी मालसामान राखेमा

२ सवारीको वजन हद निर्धारण क्षेत्रमा बढि वजनको सवारी चलाएको ३ सवारीको अन्य भागमा मानिस तथा मालसामान राखेको ४ प्रयोजन बिपरीत सवारी चलाएको ५ हेल्मेट नलगाएको ६ सवारी आवागमनमा बाधा पुरयाएको ७.अरु सवारीलाई खतरा हुने किसिमले सवारी राखेको ८ छतमा यात्रु बोकेको वा राखेको

 

 

१००० जरिवाना हुने कसुरहरू

१ सवारी चालक अनुमति पत्र प्राप्त नगरी सवारी चलाएको २ सार्वजानिक स्थानमा बाधा पुग्ने गरी मालसामान वा सवारी राखेमा ३ दुर्घटनामा परेको सवारी तथा यात्रीको हानी नोक्सानी पुयाएको वा सम्पर्कमा नआएको ४ मादक पदार्थ सेवन गरी सवारी चलाएको ५ सवारी चालक अनुमति पत्र प्राप्त नगरेको व्यक्तिलाई सवारी चलाउन दिएमा

 

 

१५०० सम्म जरिवाना हुने कसुरहरू १ ट्राफिक संकेत वा ईसारा उल्लंघन गरी सवारी चलाएको २ सवारी अड्याउन निषेध गरिएको ठाउँ वा समयमा सवारी अड्याएको ३ सवारी मोड्न वा ध्वनि संकेत दिन निषेध गरिएको ठाउँमा सवारी मोडेको वा ध्वनि दिएको ४ सडकमा गलत साईड तर्फबाट सवारी चलाएको ५ एकतर्फि सडकमा सो विपरित सवारी चलाएको । ६ अवस्था ठिक नभएको सवारी चलाएको । ७ निर्धा्रित गतिभन्दा बढी गतिमा सवारी चलाएको । ८ राती बत्ती नबाली सवारी चलाएको । ९ सवारी चलाउन निषेध गरिएको ठाउँ वा समयमा सवारी चलाएको । १० नम्बर प्लेट नराखी सवारी चलाएको । ११ सवारीको वजनको हद निर्धारण गरिएको ठाउँमा वजन भन्दा बढी वजनको सवारी चलाएको। १२ पेटी नबाँधी वा हेलमेट नलगाई सवारी चलाएको । १३ सवारीमा बस्ने वा राख्ने मानिस वा मालसामानको हद निर्धारित गरिएकोमा सो हद भन्दा बढी राखी सवारी चलाएको । १४ सार्वजनिक सवारीको चालकले यात्री लिन ईन्कार गरेको । १५ निर्धारित भाडा दर भन्दा बढी भाडा लिई सवारी चलाएको । १६ लापरवाहीका साथ सवारी चलाएको । १७ बाटो ईजाजत पत्र नलिई सार्वजनिक सवारी चलाएको । १८ सवारी चालक अनुमती पत्र, सवारी दर्ता किताब, सवारी इजाजत पत्र साथमा नराखी सवारी चलाएको ।

यसअघिको जरिवाना प्रावधान यस्तो थियो

२०० जरिवाना हुने कसुरहरु

नम्बर प्लेट नराखी सवारी चलाएको

सडकमा गलत दिशाबाट सवारी चलाएको, लेन अनुशासन तथा (दुइतर्फी सडक प्रयोग)

लापरवाही साथ सवारी चलाएको (मोबाईल फोन प्रयोग, सुरक्षा पेटी, हेल्मेटको फित्ता खुल्ला, ढोका खुल्ला, बिसौनीमा लामो समय सम्म सवारी रोकेको, ढाला खोलेर सामान ढुवानी गरेको, जथाभावी यात्रु चढाउने ओराल्ने)

सवारी चलाउन निषेध गरेको स्थान वा समयमा सवारी चलाएको

निर्धारित गति भन्दा बढी गतिमा सवारी चलाएको (तिब्र गति)

अवस्था ठिक नभएको सवारी साधन चलाएमा

रातो बत्ती क्रस गरेको

रोक्न संकेत गरेको वा आदेश दिएकोमा नरोकेको

खाली रहेको अवस्थामा यात्री लिन ईन्कार गरेको

तोकेको भन्दा बढी मानिस राखेमा

प्रेशर हर्न तथा डिजिटल हर्न प्रयोग गरेमा

राती बत्ति नबाली सवारी चलाए

सवारी रोक्न निषेध गरेको स्थानमा सवारी रोकेमा

ट्राफिक संकेतको पालना नगरेको तथा ईसारा उलंघन गरी सवारी चलाएमा

एकतर्फी सडकमा सो विपरित सवारी चलाएमा

रू १०० जरिवाना हुने कसुरहरु

सवारी मोड्न निषेध स्थानमा मोडेको

सवारी चालक अनुमति पत्र ,सवारी दर्ता किताब, सवारी इजाजत्र पत्र साथमा नराखी सवारी साधन चलाएको

अगाडि वा पछाडिको कुनै पनि नम्बर प्लेट स्पष्ट नराखी सवारी चलाएको

बिसौनीमा लामो समय सवारी राखेको

रू ५० जरिवाना हुने कसुरहरु

ध्वनि संकेत पालना नगरेको

जेब्रा क्रसिङमा रोकेको

रू २५ जरिवाना हुने कसुरहरु

वाइफर नचलेको

साइड लाइट नबलेको

Must View