गृहमन्त्रालयमा हटलाइन १११२ खुल्ला, अब सिधै गृहमन्त्रीलाई गुनासा सुनाउनुहोस्
2.3K
गृह मन्त्रालयले नागरिकहरुका गुनासा सुन्न १११२ छुट्टै टोल फ्रि नम्बर खुल्ला गरेको छ ।गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले नागरिकहरुका गुनासा सुन्न मन्त्रालयमा टोल फ्रि नम्बर १११२ व्यवस्था गरिएको जानकारी दिए । यस नम्बरमा फोन गर्दा पैसा लाग्दैन । टोल फ्रि नम्बर सेवाको उदघाटनका क्रममा मन्त्री शर्माले जुम्लाका नागरिकको गुनासो सुनुवाई गर्दै तत्काल सम्बोधन गर्न स्थानीय प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका थिए ।
टोल फ्रि नम्बरबाट जुम्लाका नागरिकले स्थानीय प्रशासनले सरकारी गाडी दुरुपयोग गरेको, स्थानीय निकायमा जुनियरलाई सिनियर र सिनियरलाई जुनियर बनाएर कर्मचारी व्यवस्थापन गरेको लगायतका गुनासो गरेका थिए । सो गुनासो तत्काल सम्बोधन गर्न मन्त्री शर्माले स्थानीय प्रशासनलाई निर्देशन दिएका हुन् ।