नागरिक पोष्ट News


लागू औषध दुव्र्यसनी बिरुद्धको १ दिने चेतनामुलक कार्यक्रम प्रभात मा.वि थानकोटमा सम्पन्न

4.4K

लागू औषध तथा दुव्र्यसनी बारेको बिद्यालयस्तरीय एक दिने जनचेतनामुलक कार्यक्रम प्रभात माध्यमिक बिद्यालय महादेवस्थान थानकोट चन्द्रागिरी नगरपालिका वडा नं ७ मा सम्पन्न भएको छ । नेपाल सरकार जिल्ला समन्वय समितिको कार्यालय काठमाडौंको सहयोग रहेको सो कार्यक्रम सिर्जनशील प्रबद्र्धन केन्द्र नेपालले गरेको हो । उक्त चेतनामुलक कार्यक्रममा ५० भन्दा बढी बिद्यार्थीहरुको सहभागीता रहेको थियो । साधना बस्नेतले लागू औषध बारेको प्रशिक्षण सहभागी बिद्यार्थीहरुलाई दिएकी थिइन् । कार्यक्रममा लागू औषध दुव्र्यसनी बारेको चेतनामुलक बृत्त चित्र समेत देखाइएको थियो ।  महानगरीय प्रहरी बृत्त थानकोटका डिएसपी कृष्ण पंगेनीको विशेष उपस्थितीमा भएको कार्यक्रममा चन्द्रागिरी नगरपालिका वडा नं ७ थानकोटका प्रतिनिधिहरु प्रभात माध्यमिक बिद्यालयका प्रधानाध्यापक शिक्षक,  राष्ट्रिय नागरिक समाजका संस्थापक अध्यक्ष तथा सञ्चारकर्मी महेशजंग कुँवर, लगायतका सामाजिक क्षेत्रका व्यक्तिहरु सहभागी थिए । 

कार्यक्रममा थानकोट चेक पोष्टका प्रहरी प्रमुख पंगेनीले लागू औषध बारेको जानकारी, कानूनी व्यवस्था र सामाजिक दृष्टिकोण बारेको महत्वपूण ज्ञान सहभागी बिद्यार्थीहरुलाई दिनुभएको थियो ।

 

  

Must View