नागरिक पोष्ट News


एम्नेस्टी इन्टरनेसनल नेपाल मिडिया ग्रुपको पहिलो साधारणसभा सम्पन्न

4.7K
 एम्नेस्टी इन्टरनेसनल नेपाल मिडिया ग्रुपको  राजधानीको मध्य बानेश्वर स्थित डाईनिंग पार्क रेस्टुरेन्ट  एंड लाउन्जमा प्रथम वार्षिक साधारणसभा मिडिया ग्रुपका संयोजक मुकुन्द ढुंगानाको अध्यक्षता सम्पन्न भएको छ ।

कार्यक्रमको उद्घाटन प्रमुख अतिथि पुर्ब अर्थमन्त्री डा. रामशरण महतले गर्नुभएको थियो । एम्नेस्टी इन्टरनेसनलले मानवअधिकारको संरक्षण र दण्डहीनताको अन्त्य गर्न सधैं महत्वपूर्ण भूमिका खेल्दै आएको बताउनुभयो । नेपालमा एम्नेस्टी इन्टरनेसनलले विगतममा भएका विभिन्न आन्दोलनका समयमा भएका मानवअधिकार हनन्को विरोध गर्दे र मानवअधिकारको संरक्षण र कानुनी शासनको लागि सधै आवाज उठाउदै आएको कुरामा जोडदिनुभयो । कार्यक्रममा बिशेष अतिथिहरु माननीय सांसद शेरबहादुर तामांग , एम्नेस्टी इन्टरनेसनल नेपालका अध्यक्ष ,राजन कुइकेल ,पुर्ब अध्यक्ष सुर्य बहादुर अधिकारी ,राजेन्द्र त्रिपाठी ,मानब अधिकारकर्मी तुलसी थापा, बिजुला राणा,सुशिला कार्की ,शकिला पाठक ,चित्र बहादुर रसाइली ,गणेश महतारा,पुकार तिमिल्सिना लगाएतले  नेपालमा भएका मानवअधिकारका विविध विषयमा वकालत गर्दे मानवअधिकारका संरक्षण, मानवअधिकारका हनन् र व्यतिको स्वतन्त्रताको बारेमा संधै एम्नेस्टी इन्टरनेसनलले बोल्ने गर्छ भने कसैले गरेका हिंसालाई कहिल्यै सर्मथन नगर्ने पनि उहाँहरुले बताउनु भएको थियो । कार्यक्रममा एम्नेस्टी इन्टरनेसनल नेपाल मिडिया ग्रुपको सल्लाकारमा राजेन्द्र त्रिपाठीलाई मनोनयन गरिएको थियो  ।

Must View