नागरिक पोष्ट News


लागू औषध बिरुद्धको १ दिने जनचेतनामुलक कार्यक्रम मनमैजुको इमेज हाइस्कूलमा सम्पन्न

6.5K
१६ देखि २५ वर्ष उमेर समूहका युवाहरु लागू औषधमा फस्ने : सांसद, भीमसेनदास प्रधान - भरतराज उप्रेती/मनमैजु काठमाडौ   लागू औषध तथा दुव्र्यसनी बारेको बिद्यालयस्तरीय एक दिने जनचेतनामुलक कार्यक्रम इमेज हाइस्कुल मनमैजु (तारकेश्वर नगरपालिका) वडा नं २१ मा सम्पन्न भएको छ । नेपाल सरकार जिल्ला समन्वय समितिको कार्यालय काठमाडौंको सहयोग रहेको सो कार्यक्रम सिर्जनशील प्रबद्र्धन केन्द्र नेपालले गरेको हो । उक्त चेतनामुलक कार्यक्रममा ५० भन्दा बढी बिद्यार्थीहरुको सहभागीता रहेको थियो । सन्तोष तिमिल्सेना र प्रवेश गुरुङले लागू औषध दुव्र्यसनीले आफू आफ्नो, परिवार र सुन्दुर जीवनलाई नै कसरी हानी नोक्सानी गर्छ भन्ने बारेको जानकारी सहभागी बिद्यार्थीहरुलाई दिएका थिए । तिमिल्सेना र गुरुङ पूर्व लागू औषध प्रयोगकर्ता जो अहिले सामान्य अवस्था फर्किसकेका छन् । कार्यक्रममा लागू औषध दुव्र्यसनी बारेको चेतनामुलक बृत्त चित्र समेत देखाइएको थियो ।   सांसद भीमसेन दास प्रधानको विशेष उपस्थितीमा भएको कार्यक्रममा तारकेश्वर नगरपालिका वडा नं २१ मनमैजुका प्रतिनिधि सीता घले वडा नं ११ का महिला सदस्य निता खड्का, इमेज हाइस्कुलका प्रधानाध्यापक राम गोपाल खड्का, महानगरीय प्रहरी बृत्त बालाजुका प्रहरी नीरिक्षक जनार्दन घिमिरे,  संवाद क्लवका अध्यक्ष रामप्रसाद गैरे, राष्ट्रिय नागरिक समाजका संस्थापक अध्यक्ष तथा सञ्चारकर्मी महेशजंग कुँवर, तेजप्रसाद घिमिरे, टेकबहादुर गुरुङ लगायतका सामाजिक क्षेत्रका व्यक्तिहरु सहभागी थिए ।   Image may contain: 14 people, outdoor   १६ देखि २५ वर्ष उमेर समूहका युवाहरु लागू औषध दुव्र्यसनीमा बढी  फस्ने  : सांसद - भीमसेनदास Image may contain: one or more people, people standing and indoor   अहिले लागू औषध तथा दुव्र्यसनीमा युवाहरु फसेकाले सामाजिकस्तरबाट विशेष अभियानको रुपमा जनचेतनामुलक कार्यक्रमहरु बढी भन्दा बढी गर्नुपर्ने सांसद भीमसेनदास प्रधानले बताए । १६ देखि २५ उमेर समूहका युवाहरु लागू औषध दुव्र्यसनको कुलतमा फस्ने सम्भावना बढी रहेको उल्लेख गर्दै यसका लागि बिद्यालयस्तरबाट यस्ता कार्यक्रमहरु सञ्चालन गर्नुपर्नेमा सांसद प्रधानले जोड दिए ।  Image may contain: 5 people, people standing and indoor   लागू औषधको कुलतबाट युवाहरुलाई बचाउन सबैको सहयोग र हातेमालोको साथ सामाजिक अभियानको रुपलाई एकसाथ अगाडी बढाउनुपर्ने खाँचो रहेको प्रहरी नीरिक्षक जनार्दन घिमिरेले बताए । लागू औषध र दुव्र्यसनीको न्युनीकरणका लागि नेपाल प्रहरीले स्थापनाकालदेखि सामाजिक रुपमा लागि परेको छ, लागू औषध कारोबारीहरुलाई कानूनी कठघरामा ल्याउने काममा पनि सफल भएको बताउँदै सामाजिक जनचेतनाका लागि सामाजिक संस्थाहरुसँग मिलेर काम गर्नुपर्नेमा जोड दिए । सिर्जनशील प्रबद्र्धन केन्द्रको बिद्यालयस्तरीय जनचेतनामुलक कार्यक्रम सान्दर्भिक छ, यस्ता कार्यक्रमलाई अझ व्यापक रुपमा बिद्यालय, गाउँ टोल टोलमा सञ्चालन गर्नुपर्दछ प्रहरी निरीक्षक घिमिरेले भने । Image may contain: 9 people, people sitting   सभ्य समाजका लागि सबै जनप्रतिनिधि र सामाजिक संस्थाहरुले लागू औषध बिरुद्ध अभियानको रुपमा जनचेतनामुलक कार्यक्रमहरुलाई अबको नगर कार्यक्रम योजना बनाई लागू गर्नुपर्ने बताउँदै यसका लागि आफूहरु कटिबद्ध भएर लाग्ने प्रतिबद्धता तारकेश्वर नपा का वडा प्रतिनिधि सीता घले र नीता खड्काले जनाए । Image may contain: 5 people, people sitting and indoor   इमेज हाइस्कूलका प्रधानाध्यापक रामगोपाल खड्काले कक्षा ८, ९ र १० देखि नै लागू औषध बिरुद्धको आधारभुत कक्षाहरु सामाजिक संस्थाहरुको सहकार्यमा सबै बिद्यालयहरुले वर्षमा कम्तीमा ३ पटक सञ्चालन गर्न सके जनचेतनाको स्तर बृद्धि हुने बताए । यस्ता कार्यक्रमहरुलाई अबका वर्षहरुमा इमेज हाइस्कुलको तर्फबाट वार्षिक कार्यक्रमकै रुपमा सञ्चालन गर्ने प्रतिबद्धता समेत खड्का गरेका छन् ।   सञ्चारकर्मी रामप्रसाद गैरे र महेशजंग कुँवरले सोसल मिडियामार्फत लागू औषध बिरुद्धको जनचेतनामुलक अडियो , भिडियो, फोटो लगायतका जानकारीहरुलाई प्रकाशन प्रसारण गर्नु नै अहिलेको उत्तम विकल्प रहेको बताए ।   लागू औषध तथा दुव्र्यसन अहिलेको युवा वर्गको भयावह समस्या रहेकोले यसको न्युनीकरणका लागि अभियानकै रुपमै जनचेतानमुलक कार्यक्रमहरु सञ्चालन गर्नुपर्नेमा सहभागीहरुले जोड दिए । पछिल्लो समय लागू औषध दुव्र्यसनीमा माध्यमिक स्तरका बिद्यार्थीहरु पर्ने गरेको अध्ययनले देखाएको छ । साथीसंगतको लहलहै र पैसा कमाउने मानसिकताले लागू औषधमा सबैभन्दा बढी युवापुस्ताहरु फस्ने गरेका छन् । बिद्यार्थी जीवनबाट उज्वल भविष्य खोजिरहेका युवाहरु कही कतै गलत मानसिकताका कारण लागू औषधतको दुव्र्यसनीमा नफसुन् भन्ने उद्देश्यले यस्ता चेतनामुलक कार्यक्रम संस्थाले गर्दै आएको सिजर्नशील प्रबद्र्धन केन्द्रकी संस्थापक सावित्री बस्नेतले बताइन् ।   लागू औषध दुव्र्यसनी बिरुद्धका यस्ता चेतनामुलक कार्यक्रम लागू औषध दुव्र्यसनी नियन्त्रणको नभई न्युनीकरणको चेतनामुलक संवाहक अभियान भएकोले लागू औषध तथा दुव्र्यसनीको बारेमा हामी आफै सचेत र जागरुक भएर परिवार समाजमा लागू औषध तथा दुव्र्यसनी बिरुद्ध खबरदारीमा लाग्नुपर्दछ । लागू औषध मुक्त परिवार समाजको निर्माण तपाई हामी आफै जुटे मात्र सम्भव छ ।  

Must View