प्रहरी बर्दी लगाएर देश जनतामाथि घात गर्ने ११६३ प्रहरीमाथि प्रहरी कारवाही
प्रहरी मुख्यालयको तथ्याकंअनुसार गएको साउन १ गतेदेखि हालसम्म २ जना एसएसपी, ९ जना एसपी, १० जना डीएसपी, २२ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) ७९ जना प्रहरी नायव निरीक्षक (सई), १ सय ५ जना प्रहरी सहायक निरीक्षक (असई), ३ सय २१ जना प्रहरी हवल्दार, ९ सय ६४ जना प्रहरी जवान र २७ जना प्रहरी परिचर (जुनीयर प्रहरी जवान) गरी १ हजार ५ सय ३९ जना प्रहरी कर्मचारी कारवाहीमा परेका छन् ।
मुख्यालयको तथ्यांकअनुसार ३ जना एसपी, २ जना डीएसपी, १ जना इन्सपेक्टर र ४ जना प्रहरी जवान गरी १० जनालाई बोलाएर सचेत गराइएको छ ।
त्यसैगरी १ जना एसएसपी, ५ जना एसपी, ४ जना डीएसपी, ७ जना इन्स्पेक्टर, २८ जना सई, ५५ जना असई, १४८ जना प्रहरी हवल्दार, ५ सय २० जना प्रहरी जवान, ११ जना जुनियर प्रहरी जवान गरी ८ सय १५ जना प्रहरी कर्मचारीलाई नसिहत दिइएको छ ।
त्यस्तै २ जना ईन्सपेक्टर, ३ जना सई, ४ जना असई, १८ जना प्रहरी हवल्दार, ४३ जना प्रहरी जवानगरी ७० जनालाई ग्रेड रोक्का गरिएको मुख्यालयले जनाएको छ ।
त्यसैगरी ७६ जनालाई सुरु स्केलमा घटुवा गरेको छ, जसमा १ जना सई, ७ जना असई, १६ जना प्रहरी हवल्दार र ५२ जना प्रहरी जवान रहेका छन् ।
त्यसैगरी १ जना एसपीसहित ६३ जना प्रहरी कर्मचारीको बढुवा रोक्का गरिएको छ । १ जना एसपी, एक जना इन्सपेक्टर, २ जना सई, १ जना असई, १६ जना प्रहरी हवल्दार, ५२ जना प्रहरी जवान गरी ७६ जना प्रहरी कर्मचारीलाई गएको साउन यतादेखि बढुवा रोक्का गरिएको मुख्यालयको तथ्यांक छ ।
त्यसैगरी ३४ जना प्रहरी कर्मचारीलाई जागिरबाट बर्खास्त गरिएको मुख्यालयले जनाएको छ । जसमा २ जना डीएसपी, २ जना ईन्स्पेक्टर, ९ जना सई, ५ जना असई, ८ जना हवल्दार र ८ जना प्रहरी जवान गरी ३४ जनालाई जागिरबाट बर्खास्त गरिएको मुख्यालयले जनाएको छ । उनीहरुले संगठनको नीतिभन्दा बाहिर गएर काम गरेका कारण उनीहरुलाई प्रहरी सेवाबाट बर्खास्त गरिएको हो ।
त्यसैगरी १ सय १४ जना प्रहरी कर्मचारी निलम्बनमा परेका छन् । जसमा एक जना एसएसपी, २ जना डीएसपी, ६ जना ईन्सपेक्टर, १५ जना सई, ६ जना असई, १४ जना हवल्दार, ६९ जना प्रहरी जवान र १ जना जुनियर प्रहरी जवान गरी १ सय १४ जना प्रहरी कर्मचारीलाई निलम्बन गरिएको प्रहरी मुख्यालयले जनाएको छ ।
त्यस्तै आर्थिक वर्ष ०७२–०७३ मा १ हजार ५ सय ३९ जना प्रहरी कर्मचारी कारवाहीमा परेका थिए ।
प्रहरीको नीतिभन्दा बाहिर गएर काम गर्ने कर्मचारीलाई विभागीय कारवाही गरिएको प्रहरी प्रवक्ता एसएसपी सर्वेन्द्र खनाल बताउँछन् ।
“प्रहरी हुँ भन्दैमा जे गर्न पनि पाईन्छ भन्ने मनसाय भएको प्रहरी कर्मचारीलाई छुट छैन,” संगठन प्रमुखले नै गल्ती गर्ने कसैलाई छाड्न हुँदैन भन्ने निर्देशन दिनुभएको छ ।”